Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत

2022 Dec 16 1:44 PM 18

विज्ञापन

Birat Cancer Hospital
संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत

संखुवासभा । संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको शंखरत्न पत्रकारिता पुरस्कार यस बर्ष अग्रज पत्रकार विष्टलाई प्रदान गरिएको हो । पत्रकार विष्टलाई   ११ औं साधारसभाको अवसरमा नगद ११ हजार १११ रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले जानकारी बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको ११ औं साधारणसभाको अवसरमा शंखरत्न पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार तथा रेडियो साँग्रिलाका निर्देशक गंगा विष्ट पुरस्कृत भएका छन् ।

विष्ट पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य समेत हुन् । उनी लामो समय नेपाल टेलिभिजनको संवाददाता  भएर काम गरेका थिए । विष्ट जिल्ल्लाका रेडियो स्थापनामा पनि योगदान छ । शंखरत्न पत्रकारिता पुरस्कार यसै बर्ष स्थापना गरिएको हो । संखुवासभामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरिएको संस्थापक त्रिरत्नका अध्यक्ष जेनी शाक्यले बताइन् ।

उक्त रकमको ब्याजबाट प्रत्येक बर्ष एक जना सक्रिय पत्रकारलाई ११ हजार १११ रुपैयाँको दरले नगद र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष शाक्यले बताइन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?