अबिजाल बिष्ट, बिराटनगर । सरकारी बिद्यालयहरुमा बिद्यार्थीहरुको संख्या घटीरहेको अबस्थामा श्री आधारभुत बिद्यालय बिराटनगर–४, कन्चनबारीमा शैक्षिक सत्रै पिच्छे बिद्यार्थीहरुको संख्यामा बृद्धि हुदै गएको छ । नेपाल सरकार र स्थानीय निकायले उपलब्ध गराएको दिवा खाजा र दलित एबम् बालिका छात्राबृद्धि कार्यक्रमलाई बिद्यालय प्रशासनले नियमित समान बितरणमुखी बनाउदा बालबालिका खुशी भई नियमित बिद्यालय आउने गरेका छन् ।
एक त सरकारी बिद्यालयमा न कुनै आयस्रोत छ न त कुनै आम्दानीको स्रोत नै । बिद्यालयको अति बिपन्न समुदायका बिद्यार्थीहरुलाई पढाएर शैक्षिक स्तर उकास्ने जिम्मेबारी त छदै छ भने अर्को तर्फ बिद्यार्थीहरुलाई कसरी बिद्यालय समय भरि टिकाउने अर्को समस्या उत्तिकै छ । यस्तो अबस्थामा बिद्यालय परिबारको सयुक्त प्रयासमा बिद्यार्थीहरुलाई ड्र्रप आउट र बिद्यालय मियमित आउने वाताबरण बनाएको उदाहरण बिराटनगर महानगरपालिका वार्ड न ४ कन्चनबारी स्थित श्री आधारभुत बिद्यालयले देखाएको छ । बिद्यार्थीहरुकै अगुवाईमा कक्षा सरसफाई, दिवाखाजा बितरण र छात्रबृद्धि रकमबारे जानकारी आदि सहित अतिरिक्त कृयाकलापमा सम्लग्न गराउदा बिद्यालयको शैक्षिक गुणस्तर उकास्ने सकिने बिद्यालयका प्रअ राजेन्द्र घिमिरे बताउछन् । उत्तर तर्फ खारजी, दक्षिण तर्फ अच्युत मिल, पश्चिम तर्फ बस्ता बलौरी चोक क्याचमेन एरियाका बिभिन्न समुदायका बिद्यार्थीहरु पढ्न आउछन् । पुर्ब शिक्षक तथा समाजसेवी सियाराम मण्डलले बार्षिक सियाराम मण्डल छात्रबुद्धि कोषबाट आउने रु.९५ हजारले सतप्रतिशत बिद्यार्थीहरुलाई बिद्यालय युनिफर्म उपलब्ध भएको छ । यो पनि बिद्यार्थीहरु पढ्न आउने आर्कषणको एउटा कारक हो । कक्षा ८ सम्म अध्यापन हुने यस बिद्यालयमा लगभग ४ सय बिद्यार्थीहरु पढ्छन् ।
बालबिकास कक्षा देखि कक्षा ६ सम्मका न्यनतम १ सय ७० जना बिद्यार्थी देखि बिद्यालयमा सो दिन उपस्थिती भएका २ सय ३० जना बिद्यार्थीहरुले समेत दिवा खाजा खान पाउछन् । बिद्यालय खुलेपछि बिद्यार्थीहरुको संख्या गनेर नजिकै रहेको स्थानीय होटलबाट बिद्यार्थीहरुले नै बनाएको साप्ताहिक मेनु अनुसार प्याकिगं भई दिवा खाजा बिद्यालयमा आउने गरेको खाजा बितरण संयोजक शिक्षिका लेखा पोखरेले बताइन् । आउने खाजा नियमित खाना पाउदा नजिकै रहेको आफनो घर समेत उपलब्ध हुन्छ । कक्षा ४ मा अध्ययनरत महोमद हसन बिद्यालयको पढाई देखि खुशी छन् भने बिद्यालयले उपलब्ध गराएको युनिफर्म, दिवाखाजा पाउने भएकोले पढन मन लागेको अर्को कक्षा ३ मा अध्ययनरत इन्दिरा राउतले बिराटखबर अनलाईनलाई बताईन् । धेरै जसो बिद्यार्थीहरु दिउसो भोक लाग्ने र खाजा खान घर गए पछि नर्फने समस्या भएको र यसलाई थप स्रोत खोजेर राम्रो र प्रभावकारी बनाउने बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष अर्जुन चुडालले बताए ।
बिद्यालय प्रशासन परिबर्तन सगै बिद्यालयको शैक्षिक स्तर उकासेको, दिवा खाजालाई नियमित गराएको कारणले पनि हाम्रा छोरा छोरी अन्यत्र बिद्यालय छोडेर यही बिद्यालय आउने गरेको शिक्षक अभिभावक संघका अध्यक्ष हिरालाल बिश्वकर्माले बताए ।
बिद्यालय प्रशासनले हालै १० कोठे भवन सम्पन्न गरेको छ भने ४ कोठे भवन बिद्यालयको पुर्बाधार निर्माणाधिन अबस्थामा छ । बिद्यार्थीहरुलाई नियमित गर्न शैक्षिक गुणस्तरका साथै बिज्ञान प्रयोगशाला, बालमैत्री शौचालय, स्वच्छ खानेपानीको ब्यबस्थापन अझै बिद्यालयको चुनौति छ । हालै बालिका मैत्री शौचालय निर्माण सम्पन्न भएको छ । तर बिद्यालय संग पानी बिजुली आदिको पैसा तिर्न सक्ने अबस्था छैन् । जे भए पनि हरेस खादैनौ बिद्यालय बनाएर छाडछौ, बिद्यार्थीहरुलाई नियमित बिद्यालय आउन र बिद्यार्थीहरुको अगुवाईमा बिभिन्न कृयाकलाप सन्चालन गर्ने तर्फ बिद्यालय प्रशासनको सोच रहेको हुदा दातृ निकाय सहित स्थानीय निकायहरुको सहयोगको अपेक्षा समेत राखेको बिद्यालयका प्रअ राजेन्द्र घिमिरेले बताए ।
दिवा खाजा, बिद्यालय युमिफर्म पाउदा बिद्यार्थीहरुको संख्यामा बृद्धि, १० कोठे भनव सम्पन्न अझै भौतिक र बिज्ञान प्रयोगशाला पुर्बाधारमा जोड
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
