अनुसा थापा, बिराटनगर । अपहरण गरी बन्धक बनाएर पैसा असुली गर्ने सैहैन्सा सिद्धिकीलाई पुपक्षका लागि बिराटनगर कारागार चलान गर्ने स्रोतले बताएको छ । विराटनगरका उद्योगी एवम् व्यवसायी अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गर्दै १५ लाख रुपैयाँ अशुल गरेको आरोपमा पक्राउ परेका दुवै प्रतिवादीको बयान सकिएको पछि थुनछेकको बहसमा पुपक्षका लागि काराकार चलान गर्ने पक्का भएको छ । बयानमा सैहैन्सा सिद्दिकी भनिने अब्दुल खत्ताब र विराटनगर–१५ का २५ वर्षीय अजयभन्ने जय कुमार रामको बयान मंगलबार मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा सकिएको हो । थुनछेकको बहस सकिने बित्तिकै सिद्धिकीलाई कारागार पठाउने स्रोतले जानकारी दिएको छ । यस्तो मुद्धा र अपहरणमा पुपक्षका लागि कारागार पठाउने गरिएको छ । प्रहरीको ब्यानका क्रममा भने विराटनगर–१५ का २५ वर्षीय अजय भन्ने जय कुमार रामले अपहरणमा आफुले व्यवसायी अरुणकुमार राठीलाई बाधिएको हात र खुट्टा खोलेको स्वीकार गरेको प्रहरी श्रोतले बताएको छ । अजयभन्ने जय कुमारले भने , मैले त्यहाँ सैहन्सा सिद्दिकीले भने अनुसार काम गरेको व्यानदिएका छन् । आफुले अपहरण भन्दापनि सैहैनसाले जे—जे भने मैले त्यहि गरे । आफु योजनाकार नभएर सवारी चालकको रुपमा रहेकाले मेरो मालिकले जे भने आफुले त्यही गरेको ब्यानदिएको प्ररहीश्रोतले बताएको छ । राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथाअङ्गभङ्गको मुद्दा दर्ता भएको थियो । प्रतिवादीहरूको बयान सकिएको र थुनछेक बहस बिहिबार हुने जनाइएको छ । बुधबार हुने भएपनि सार्बजनिकविदा परेकाकारण थुनछेक बहस बिहिबार हुने बताइएको छ । दुवै पक्षककानुनव्यवसायीहरूले बहस गरेपछि अदालतले धरौटी, साधारण तारेख र पुर्पक्षको लागिथुनामा पढाउने मध्ये एउटा आदेश गर्नेछ । उनीहरू विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अधिकतम २५ वर्ष कैद र दुई लाख १० हजार मागगर्दै मुद्दा दायर गरेको छ । अपहरण र शरीर बन्धकआरोपमा १० देखि १५ वर्ष कैद र १ लाख १०हजार जरिवाना र कुटपिट तथाअङ्गभङ्ग १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानामागगरिएको अभियोग पत्रमा उल्लेख छ ।
ब्यबसायी राठीलाई अपहरण गरी बन्धन बनाउने सैहैन्सा सिद्धिकीलाई पुर्बपक्षका लागि कारागार चलान हुने
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
