Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सातै प्रदेशमा सरकार त बन्यो तर पुरा कार्यकाल हुनेमा शंका

2023 Jan 11 11:06 PM 30

विज्ञापन

Birat Cancer Hospital
सातै प्रदेशमा सरकार त बन्यो तर पुरा कार्यकाल हुनेमा शंका

अनुसा थापा, बिराटनगर । सातै प्रदेशले नयाँ सरकार पाए पछि गठबन्धनको सरकार कति लामो टिक्छ वा टिक्दैन भन्ने सवाल उठ्न थालेको छ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।

यसै गरी प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन् । तर, राजनीतिक जगमा भन्ने हो भने यी सातवटै सरकार पाँच वर्ष चल्ने वा चल्दैन भन्नेमा शंका शुरु भएको छ । प्रदेश १ मा एमालेले सरकार चलाउने भए पछि प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आफनो पालो नआउने भए पछि बोलाउन थालेको एक नेता बताउछन् ।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । कुनै पनि दलले स्पष्ट बहुमत पाएनन् । एमाले ४०, कांग्रेस २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् । कार्कीको नेतृत्वमा एकीकृत समाजवादी र कांग्रेस बाहेकको सरकार बनेको हो । कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री भएका हुन् । मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । सुरुमा मुख्यमन्त्री भएका जसपाका सरोज यादवले अढाइ वर्षपछि जनमत पार्टीलाई मुख्यमन्त्री छाड्नुपर्नेछ । मधेश प्रदेशको चुनावी अंकगणित पनि कुनै पनि दलको पक्षमा एकल बहुमत नरहेका कारण आलोपालो नेतृत्व गर्ने गरी सहमति जुटाएको नेताहरु बताउँछन् ।

कुल १०७ सांसद रहेको मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ । तर, ठूलो दल एमालेले २३ र कांग्रेसले २२ सिट जितेको छ । माओवादीसँग १२ र लोसपासँग ९ सिट छ । जसपासँग १६ र जनमतसँग १३ सिट छ । ६ जना स्वतन्त्र सांसद छन् ।

यसै गरी बागमती प्रदेशमा माओवादी र एमालेले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ । त्यसअनुसार सुरुमा मुख्यमन्त्री भएका शालिकराम जम्कट्टेलले आधा कार्यकाल नेतृत्व गर्नेछन् । सरकार बनाउन ५६ सीट आवश्यक पर्ने ११० सदस्यीय बागमती प्रदेशसभाको अंकगणित रोचक छ । बाबुराम भट्टराईको समाजवादी पार्टीबाट जितेका गंगा नारायण श्रेष्ठलेसमेत मुख्यमन्त्रीको दाबी पेश गर्ने विचार गरेका थिए । तर, माओवादीकै चुनाव चिन्हबाट जितेका कारण उनले दाबी गर्न पाएनन् । कांग्रेस पहिलो दल रहेको यस प्रदेशमा एमाले, माओवादी र राप्रपा तीनै दलले मुख्यमन्त्री दाबी गरेका थिए ।

तर, राप्रपालाई सभामुख दिने गरी एमाले र माओवादीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गरेका हुन् । बागमतीमा कांग्रेससँग ३७ सिट छ भने एमाले २७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । अन्य प्रदेशको तुलनामा यो प्रदेशमा आलोपालोको स्वर सानो छ । तर, सबै प्रदेशमा आलोपालो हुने अवस्थामा गण्डकी प्रदेशमा किन नहुने भनेर माओवादीका सांसदहरुले आवाज उठाइरहेका छन् ।

अघिल्लो चुनावमा एमालेको पकड रहेको गण्डकीमा यसपटक कांग्रेस पहिलो दल बनेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसले २७ सीट जितेको छ भने एमालेले २२ र माओवादीले ८ सिट जितेको छ । दलको संख्या थोरै रहेको गण्डकी प्रदेशसभामा राप्रपाका २ र जसपाका १ जना सांसद छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न