Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

श्रीमान र श्रीमतिको पाइलट पेशाबाट मृत्य, बिराटनगरकी चेली अन्जुको निधनले चाँदनीचोक शोकमग्न,

2023 Jan 16 11:11 AM 40

विज्ञापन

Birat Cancer Hospital
श्रीमान र श्रीमतिको पाइलट पेशाबाट मृत्य, बिराटनगरकी चेली अन्जुको निधनले चाँदनीचोक शोकमग्न,

अनुषा थापा, बिराटनगर । पोखरामा आइतबार भएको यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकी पाइलट अञ्जु खतिवडा विराटनगर महानगरपालिका–५ चाँदनी चोक निवासी गोबिन्द खतिवडाको छोरी हुन् । ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो । सो सवारमा चालक दलका सदस्य मध्येकी को पाईलट थिईन अन्जु खतिवडा । दुर्घटना भएको विमानमा परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र खतिवडा मिलेर उडाएका थिए ।

६८ जना यात्रु बोकेर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान अवतरण हुनै लाग्दा दुर्घटना भएको थियो, जसमा को–पाइलट खतिवडाको पनि मृत्य भएको छ । बिराटनगर चाँदकी चोक शोकमग्न २०३५ सालमा जन्मेकी खतिवडाको माइतीघर बिराटनगर चाँदनी चोक पश्चिम तर्फको टोल अहिले शोकमग्न छ । उनले दिएको जानकारी अनुसार उनले १६ वर्षअघि विमान दुर्घटनामै श्रीमान गुमाएकी थिइन् । २०६३ साल असार ७ गते नेपालगन्जबाट सुर्खेत हुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएइक्यू–सी विमान उडेको २६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो ।

त्यो दुर्घटनामा ६ यात्रु सहित पाइलट किरण मल्ल, का–पाइलट पोखरेल र क्याबिन क्रु–दीपक शेरचनको मृत्यु भएको थियो । को–पाइलट श्रीमान्को मृत्यु भएपछि अञ्जु पाइलट पढ्न अमेरिका गइन । विराटनगरमै एसएलसीसम्म पढेकी उनी त्यसपछि प्लस टु पढ्न भारत गएकी थिइन् । श्रीमान्को मृत्युको करिब चार वर्षपछि उनी अमेरिकाबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएकी थिइन । नेपाल आएपछि यति एयरलाइन्समा नै आबद्ध भएकी थिइन्। अञ्जु एक वर्षपहिले मात्रै क्याप्टेन बनेकी थिइन । अञ्जु र दीपककी २२ वर्षकी छोरी छिन । पाइलट भइसकेपछि उनले काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन । दोस्रो श्रीमान केसी पट्टिबाट सात वर्र्षीय छोरा रहेको ती आफन्तले बताइन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला