Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

श्रीमान र श्रीमतिको पाइलट पेशाबाट मृत्य, बिराटनगरकी चेली अन्जुको निधनले चाँदनीचोक शोकमग्न,

2023 Jan 16 11:11 AM 32

विज्ञापन

Birat Cancer Hospital
श्रीमान र श्रीमतिको पाइलट पेशाबाट मृत्य, बिराटनगरकी चेली अन्जुको निधनले चाँदनीचोक शोकमग्न,

अनुषा थापा, बिराटनगर । पोखरामा आइतबार भएको यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकी पाइलट अञ्जु खतिवडा विराटनगर महानगरपालिका–५ चाँदनी चोक निवासी गोबिन्द खतिवडाको छोरी हुन् । ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो । सो सवारमा चालक दलका सदस्य मध्येकी को पाईलट थिईन अन्जु खतिवडा । दुर्घटना भएको विमानमा परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र खतिवडा मिलेर उडाएका थिए ।

६८ जना यात्रु बोकेर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान अवतरण हुनै लाग्दा दुर्घटना भएको थियो, जसमा को–पाइलट खतिवडाको पनि मृत्य भएको छ । बिराटनगर चाँदकी चोक शोकमग्न २०३५ सालमा जन्मेकी खतिवडाको माइतीघर बिराटनगर चाँदनी चोक पश्चिम तर्फको टोल अहिले शोकमग्न छ । उनले दिएको जानकारी अनुसार उनले १६ वर्षअघि विमान दुर्घटनामै श्रीमान गुमाएकी थिइन् । २०६३ साल असार ७ गते नेपालगन्जबाट सुर्खेत हुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएइक्यू–सी विमान उडेको २६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो ।

त्यो दुर्घटनामा ६ यात्रु सहित पाइलट किरण मल्ल, का–पाइलट पोखरेल र क्याबिन क्रु–दीपक शेरचनको मृत्यु भएको थियो । को–पाइलट श्रीमान्को मृत्यु भएपछि अञ्जु पाइलट पढ्न अमेरिका गइन । विराटनगरमै एसएलसीसम्म पढेकी उनी त्यसपछि प्लस टु पढ्न भारत गएकी थिइन् । श्रीमान्को मृत्युको करिब चार वर्षपछि उनी अमेरिकाबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएकी थिइन । नेपाल आएपछि यति एयरलाइन्समा नै आबद्ध भएकी थिइन्। अञ्जु एक वर्षपहिले मात्रै क्याप्टेन बनेकी थिइन । अञ्जु र दीपककी २२ वर्षकी छोरी छिन । पाइलट भइसकेपछि उनले काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन । दोस्रो श्रीमान केसी पट्टिबाट सात वर्र्षीय छोरा रहेको ती आफन्तले बताइन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न