Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थिर सम्पति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्छाैः– तुलसी बहुमुखी सहकारी

2023 Feb 11 6:24 AM 30

विज्ञापन

Birat Cancer Hospital
स्थिर सम्पति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्छाैः– तुलसी बहुमुखी सहकारी

विराटनगर÷ विगत एक दशक लामो समय देखि सञ्चालनमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लि. ले विगत केही दिन यता विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा प्रकाशित भ्रामक समाचारका प्रति आफनो गम्भिर ध्यानक्रर्षण भएको जनाएको छ । विराटनगर महानगरपालिका वडा न. २ मा मुख्य कार्यालय रहेकायो संस्थाले आज विज्ञप्ति मार्फत ग्राहकहरुलाई अफवाहको पछि नलाग्न आग्रह गर्दै बचतकर्ताको रकम सुरक्षित रहेको र सम्पूर्ण रकमफिर्ता गर्ने सञ्चालक समितिकातर्फबाट प्रतिवद्धता ब्यत्तजनाएको हो । संस्थाले शेयर सदस्यलाई सहज र विश्वासिलो वित्तिय सेवाप्रदानगर्दै आइरहेको बताउँदै ग्रहककै विश्वास र रोजाइका कारण १० वर्षमा नै ४ वटा सेवाकार्यालय मार्फत सन्जालबिस्तार गर्न सफलभएको जनाएको छ । संस्थाले मुख्यकार्यालय र सदस्य सेवा केन्द्र सहित ४ वटाकार्यालय सञ्चालन गरेको बताउँदै पछिल्लो केही समय देखि देशले भोगी रहेको आर्थिक मन्दिले सबै तिर परिरहेको असरबाट सहकारीलाई पनि असर गरेको उल्लेख गरेको छ । तर यसको बावजुतपनि यस सहकारीमा बचत कर्ताको रकम सुरक्षित रहेको दावी गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मन्दिप खवाशद्धारा जारी विज्ञप्तिमा भनिएको छ, पछिल्लो समयमा मुलुकभित्र देखिएको चरम आर्थिक मन्दिका कारण हामीले गरेको लगानीजुन रुपमा उठ्नु पर्ने हो, उठ्न सकिरहेको छैन । बचत कर्ताको रकम सुरक्षितरुपमा ऋण प्रवाह गर्ने नै हो । तुलसीबहुमुखी सहकारीले तुलसीफुल स्टिम राइस प्लान्ट, कृषि उपज खरिद बिक्री, कृषिऔजार, गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर लगायत साना तथा मझौला व्यवसायीहरु मापनि ऋण लगानी गरेको छ । संस्थाले आर्थिक मन्दिको मारमा पर्नु भएका सयौँ साना तथा मझौला व्यवसायीले सहकारीबाट लिनु भएको ऋण तिर्न नसकेको उल्लेख गर्दै मानवियताका कारण पनियस्तो प्रतिकुल अवस्थामा ऋण तिर्न नसकेका ग्राहलाई अनावश्यक मानसिक यातना दिन नसकेको उल्लेख गरेको छ । अफना कर्मचारी ग्राहकहरुसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै संस्थाले अवस्था सहजहुँदै जाँदा सहकारीका ऋणीहरुले लगानीफिर्ता विश्वास पनिव्यक्त गरेको छ । पछिल्लो समयमा केही अनलाइन सञ्चार माध्यमबाट समाचार आए पछि धेरै सदस्यहरु एकै पटक आफ्नोे बचत रकमफिर्ता लिन सदस्य सेवा काउन्टरमाआइरहेको उल्लेख गर्दै सहकारीले सबै जना सदस्यहरु एकै पटक बचत झिक्न आउँदा सहकारीमा तरलता सकिएकोले पुर्वाञ्चल शाखाहरुमा एकै पटक असर देखिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ग्राहकहरुले एकै पटक रकम निकाल्दा हामीले सहकारी ऐन बमोजिम राखेको तरलता पनि सकिएको छ । बचतको ठुलो हिस्सा हामीले बजारमा लगानी गरेका छौ । त्यो लगानी सुरक्षीत छ । तर मुलुकको अर्थतन्त्रमासिर्जना भएको असहजअवश्थाले सबै लगानी सहजरुपमा उठ्न सकिरहेको छैन ।एकै पटक धेरै शेयर सदस्य बचत फिर्ता लिन आउदा हामीलाई बचत फिर्ता गर्न केहि असहजभएको छ यसले हाम्रा शेयर सदस्यलाई पर्न गएको असुविधा प्रतिहामी पूर्ण रुपमा जानकार छौ र दुखिपनि छौ । संस्थाले बिगतमा जुन विश्वासल ग्राहकरु आफूसँग जोडिनु भएको थियो त्यहि विश्वास आजपनि देखाईदिन अनुरोध गर्दै आफूसँग भएका स्थिर सम्पति बेचेरै भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न