Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राष्ट्रपतिका उम्मेदवार नेम्बाङ भन्छन् : मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छ

2023 Feb 25 2:22 PM 33

विज्ञापन

Birat Cancer Hospital
राष्ट्रपतिका उम्मेदवार नेम्बाङ भन्छन् : मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छ

काठमाडौं । राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् । आज शनिबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघी संसद भवनस्थित निर्वाचन कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

उम्मेदवारी दर्तापछि नेम्वाङले जनताको राष्ट्रपतिको महशुस हुनेगरी काम गर्ने बताए । आठ दलीय गठबन्धनबारे आफूले कुनै टिप्पणी नगर्ने उनले बताए ।

उनले उम्मेदवारी दर्ता गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन् । पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको धन्यवाद ज्ञापन गर्दै निर्वाचन आफूले जित्ने विश्वास व्यक्त गरेका छन् । जितपछि संविधानको रक्षा गर्दै जनताको इच्छा र आकांक्षालाई केन्द्रमा राखेर आफूले काम गर्ने प्रतिक्रिया नेम्वाङले दिएका छन् ।subas-newang-768x346-1

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफूहरुले अनुभवी व्यक्तिलाई अगाडि सारेको र एमालेको उम्मेदवार सर्वत्र स्वीकार्य हुने बताएका छन् । उनले आठ दलीय गठबन्धन नबनेको समेत दाबी गरेका छन् ।

ओलीले दलीय स्वार्थका लागि नभएर राष्ट्रिय हितका साथै संविधानको रक्षा र कार्यान्वयनका लागि एमाले अघि बढेको जिकिर गरे । २०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जितेका नेम्वाङ चार पटक सभामुख भइसकेका छन्। दुइटै संविधान सभामा उनी अध्यक्ष थिए। उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानूनमन्त्री बनेका थिए। २०४८ सालपछि २ कार्यकाल राष्ट्रिय सभा र २०५६ देखि निरन्तर प्रतिनिधि सभामा रहेका नेम्वाङ एमालेभित्र सबभन्दा बढी संसदीय अनुभव भएका नेता हुन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न