Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मिल्स गोल्डकपको उपाधि झापाको ध्रुवतारालाई

2023 Mar 19 10:01 AM 30

विज्ञापन

Birat Cancer Hospital
मिल्स गोल्डकपको उपाधि झापाको ध्रुवतारालाई

विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो ।

जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले एक गोल गरेका थिए । सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरे ।

उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पायो । उपबिजेता सिरहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।

खेल सुरू भएको १६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गरी अग्रता दिलाए । वादल तमाङ्गले निकालिदिएको क्रस पासलाई गौरवले गोलमा परिणत गरे । ३७ औंं मिनेटमा झापाका प्रविण राईले गोल गरी दोब्बर बनाए । विक्रम राईले निकालेको पास प्रविणले जाली चुमाए । दोस्रो हाफदेखि सिरहाले आक्रम खेल पस्कियो । ५० औं मिनेटमा सिरहाका बिनु आले मगरले गोल गरी २–१ को अग्रता बनाए । सिरहाले गोल फर्काएको पाँच मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले सेन्टर एरियादेखि बललाई एक्लै अगाडी बढाएर गोलमा परिणत गर्दै टिमको जित सुनिश्चत गरे । सिराहका अब्दुलको शसक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिप आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहका बिधान लामाले इन्जुरी समयमा गोल गरी अग्रता छोट्याएका थिए ।

प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल घोषित भए । यस्तै उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिड फिल्डर सिरहाका सुजन पुलामी, डिफेन्स गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट कोचमा झापाका सन्दिप मगर घोषित भए । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए । सो अवसरमा खेलकुदमा योगदान पु¥याउने तीन जनालाई सम्मान गरियो । जसमा कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तिहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, ट्रष्टका अध्यक्ष किशोर शाहीले, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

फागुन २७ देखि चैत ४ गते सम्म संचालन भएको गोल्डकपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न