Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युट्युब, फेसबुक र टिकटकसँग नआत्तिनूस् : अध्यक्ष ओली

2023 Mar 29 6:16 PM 21

विज्ञापन

Birat Cancer Hospital
युट्युब, फेसबुक र टिकटकसँग नआत्तिनूस् : अध्यक्ष ओली
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नआत्तिन सञ्चारमाध्यामहरूलाई आग्रह गर्नुभएको छ । बुटवलमा बुधवार आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट आत्तिन आवश्यक नरहेको भनाइ राख्नु भयो । सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युज को सम्भावना नरहेको तर्कसमेत गर्नुभयो । उहाँले नयाँनयाँ प्रविधि भित्र्याउन र 'टिमवर्क' मा काम गर्न पनि सञ्चारमाध्यमहरूलाई सुझाव दिनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, 'अत्यन्तै तीव्रताका साथ सञ्चारका प्रविधिहरू विकास भइरहेका छन । टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालसँग हच्किएको देख्छु । तर समाचारका स्रोतहरू टेलिभिजन लगायतका सञ्चारमाध्यमहरू नै हुन् । त्यसैले सञ्चारमाध्यम सामाजिक सञ्जालबाट हच्किन पर्दैन । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरूले बनाउने हो ।’ अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि नेपालमा सञ्चारमाध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?