Live
| शनिबार, कार्तिक ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर महानगरपालिकाको 'नो पार्किङ' नियमविरुद्ध व्यवसायी सडक संघर्षमा

2023 Apr 2 6:57 PM 43

विज्ञापन

Birat Cancer Hospital
विराटनगर महानगरपालिकाको 'नो पार्किङ' नियमविरुद्ध व्यवसायी सडक संघर्षमा
विराटनगर । विराटनगर महानगरपालिकाले लागु गरेको 'नो पार्किङ' विरुद्ध व्यवसायी आक्रोशित भएका छन् । उनीहरु महानगरपालिकाले लागु गरेको 'नो पार्किङ'विरुद्ध सडक संघर्षमा नैं उत्रिएका छन् । तर व्यवसायीको सडक संघर्षबाट डराएर महानगरपालिकाको कार्यालय पछाडी नफर्किने मेयर नागेश कोइरालाले स्पष्ट पार्नु भएको छ । व्यवसायीले शुक्रबारदेखि विराटनगर महानगरपालिका क्षेत्रको सडकमा एक साइड सवारीसाधनको पार्किङ गर्न थालेका छन् । यसलाई अभियानकै रुपमा अगाडि बढाउने व्यवसायीहरुले घोषणा गरेका छन् । यसअघि विराटनगर महानगरपालिकाले महानगरको सडक क्षेत्रलाई 'नो पार्किङ' क्षेत्र घोषणा गरेको थियो । नो पार्किङका कारण व्यवसाय चौपट भएको निष्कर्ष निकाल्दै व्यवसायीहरुले शुक्रबारदेखि महानगरपालिकाको सूचनालाई इन्कार गर्दै सडकको एक साइडमा सवारी पार्किङ गर्न थालेका हुन् । व्यवसायीले सडकको एक साईडमा पार्किङ गरेर राखेका केही सवारीमा विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लक लगाएका छन् । महानगरपालिकाले नगर क्षेत्रको १५ भन्दा बढि सडक खण्डलाई नो पार्किङ क्षेत्र घोषणा गर्दै नगर क्षेत्रकै केही व्यक्तिगत जग्गामा पार्किङको व्यवस्था गरेको थियो । शुक्रबार महानगरपालिकाले 'नो पार्किङ' घोषणा गरेको महानगरको सबै सडक खण्डको एक साइडमा व्यवसायीहरुले सवारी पार्किङ गरेका छन् । व्यवसायीले सामान किन्न आउने सर्वसाधारणको सवारीसाधनलाई समेत 'नो पार्किङ' क्षेत्रमा पार्किङ गर्न लगाएका छन् । 'नो पार्किङ' सडकमा हजार भन्दा बढि सवारीसाधन पार्किङ गरेर राखेपछि महानगरपालिका र ट्राफिक प्रहरी कार्यालय सबै सवारी साधनमा लक लगाउन नसकेर पछि फर्किएका छन् । विराटनगर महानगरपालिका र व्यवसायीबीच 'नो पार्किङ' को विषयमा उत्पन्न भएको विवाद चरम उत्कर्षमा पुगेको छ । मेयर कोइरालाले विराटनगरलाई सफा र सौन्दर्य सहर निर्माणका लागि थालिएको 'नो पार्किङ' अभियान विराटनगरवासीकै हितमा रहेकोले व्यवसायीको संघर्षको कारण पछाडी फर्किन सक्ने अवस्था नरहेको बताउनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला