Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर महानगरपालिकाको 'नो पार्किङ' नियमविरुद्ध व्यवसायी सडक संघर्षमा

2023 Apr 2 6:57 PM 32

विज्ञापन

Birat Cancer Hospital
विराटनगर महानगरपालिकाको 'नो पार्किङ' नियमविरुद्ध व्यवसायी सडक संघर्षमा
विराटनगर । विराटनगर महानगरपालिकाले लागु गरेको 'नो पार्किङ' विरुद्ध व्यवसायी आक्रोशित भएका छन् । उनीहरु महानगरपालिकाले लागु गरेको 'नो पार्किङ'विरुद्ध सडक संघर्षमा नैं उत्रिएका छन् । तर व्यवसायीको सडक संघर्षबाट डराएर महानगरपालिकाको कार्यालय पछाडी नफर्किने मेयर नागेश कोइरालाले स्पष्ट पार्नु भएको छ । व्यवसायीले शुक्रबारदेखि विराटनगर महानगरपालिका क्षेत्रको सडकमा एक साइड सवारीसाधनको पार्किङ गर्न थालेका छन् । यसलाई अभियानकै रुपमा अगाडि बढाउने व्यवसायीहरुले घोषणा गरेका छन् । यसअघि विराटनगर महानगरपालिकाले महानगरको सडक क्षेत्रलाई 'नो पार्किङ' क्षेत्र घोषणा गरेको थियो । नो पार्किङका कारण व्यवसाय चौपट भएको निष्कर्ष निकाल्दै व्यवसायीहरुले शुक्रबारदेखि महानगरपालिकाको सूचनालाई इन्कार गर्दै सडकको एक साइडमा सवारी पार्किङ गर्न थालेका हुन् । व्यवसायीले सडकको एक साईडमा पार्किङ गरेर राखेका केही सवारीमा विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लक लगाएका छन् । महानगरपालिकाले नगर क्षेत्रको १५ भन्दा बढि सडक खण्डलाई नो पार्किङ क्षेत्र घोषणा गर्दै नगर क्षेत्रकै केही व्यक्तिगत जग्गामा पार्किङको व्यवस्था गरेको थियो । शुक्रबार महानगरपालिकाले 'नो पार्किङ' घोषणा गरेको महानगरको सबै सडक खण्डको एक साइडमा व्यवसायीहरुले सवारी पार्किङ गरेका छन् । व्यवसायीले सामान किन्न आउने सर्वसाधारणको सवारीसाधनलाई समेत 'नो पार्किङ' क्षेत्रमा पार्किङ गर्न लगाएका छन् । 'नो पार्किङ' सडकमा हजार भन्दा बढि सवारीसाधन पार्किङ गरेर राखेपछि महानगरपालिका र ट्राफिक प्रहरी कार्यालय सबै सवारी साधनमा लक लगाउन नसकेर पछि फर्किएका छन् । विराटनगर महानगरपालिका र व्यवसायीबीच 'नो पार्किङ' को विषयमा उत्पन्न भएको विवाद चरम उत्कर्षमा पुगेको छ । मेयर कोइरालाले विराटनगरलाई सफा र सौन्दर्य सहर निर्माणका लागि थालिएको 'नो पार्किङ' अभियान विराटनगरवासीकै हितमा रहेकोले व्यवसायीको संघर्षको कारण पछाडी फर्किन सक्ने अवस्था नरहेको बताउनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न