Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन मेयर बालेनको निर्देशन

2023 Apr 8 6:32 PM 21

विज्ञापन

Birat Cancer Hospital
सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन मेयर बालेनको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथ तथा सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न प्रहरी संरचनाहरुको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले यस्ता संरचना हटाउन आग्रह गर्नुभएको हो । फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै उहाँले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले यी संरचना प्रहरी आफैले नहटाएमा समतामूलक कानुनको प्रयोगको लागि आफूहरु संरचना हटाउन बाध्य हुने बताउनुभएको छ । नगर प्रमुख शाहले सार्वजनिक गर्नुभएका प्रहरी बिटहरुमा प्रधानमन्त्री निवास अगाडि बालुवाटार, असन चोक, न्यूरोड पिपलबोट, रातो पुल, बौद्ध प्रहरी वृत्त अगाडि, चुच्चेपाटी, जडीबुटी चोक, सिनामंगल चोक लगायतका ठाउँका रहेका छन् । यस्तै उहाँले विभिन्न दूतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाउन आग्रह गरिएको बताउनुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?