Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सांगीतिक सम्पदाको जगेर्नामा कस्सिए गन्धर्व समुदायका युवा

2023 Apr 12 6:38 AM 33

विज्ञापन

Birat Cancer Hospital
सांगीतिक सम्पदाको जगेर्नामा कस्सिए गन्धर्व समुदायका युवा
ताप्लेजुङ। परम्परागत रुपमा गीत सङ्गीतका माध्यमबाट जीविकोपार्जन गर्दै आएको गन्धर्व समुदायका युवा सारङ्गी बोकेर सुदूरपूर्वी जिल्ला ताप्लेजुङमा आइपुगेका छन् । तराईका विभिन्न सहर, बजार हुँदै पहाड चढेका ती युवाका साथमा सारङ्गी र मादल छन् । मंगलबार घाम उदाएसँगै सदरमुकाम फुङलिङको तोक्मे डाँडामा भेला भएका उनीहरूले करिब एक घण्टा बसेर मादल र सारङ्गीको धुनसँगै दर्जनौँ गीत गाएर सुनाए । त्यसपछि गाडी चढेर उनीहरू गाउँतर्फ लागेका छन् । परम्परागत साङ्गीतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले आफूहरू बजार र बस्तीमा सारङ्गी बोकेर हिँडिरहेको उनीहरूले बताए । “गन्धर्व समुदायमा आधारित साङ्गीतिक सम्पदाको संरक्षण साथै यो समुदायको उत्थान र विकासमा राज्यको ध्यानाकर्षण गराउने उद्देश्यसहित अभियान नै बनाएर हिँडिरहेका छौँ”, पूर्वाञ्चाल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भन्नुभयो । आधुनिक प्रविधिको आगमन र राज्यको उचित सहयोग नहुँदा लोक बाजा र परम्परागत साङ्गीतिक सम्पदा माँसिदै गएको उहाँको भनाइ छ । “सारङ्गी बजाएर गाउँदै हिँड्दा मात्रै जीविका चलाउन मुस्किल छ, सानो सङ्ख्यामा भएका हामीलाई राज्यको पनि सहयोग भएन, गन्धर्वलाई हेर्ने सामाजिक दृष्टिकोण पनि फेरियो, त्यसैले हाम्रो उत्थान र विकासका लागि केही नयाँ योजनासहित अघि बढेका छौँ, यसमा सरोकारवाला सबैको साथ चाहिएको छ”, उहाँले भन्नुभयो । आगामी दिनमा गन्धर्व समुदायका कलाकार सम्मिलित व्याण्ड नै बनाएर अघि बढ्ने पनि उहाँको भनाइ छ । चोकचोकमा मागेरै हिँड्ने परिस्तिथिको अन्त्य गर्दै पेशा व्यवसायलाई परिस्कृत गर्दा परम्परा पनि जोगिने र व्यावसायिक विकास पनि हुने उहाँले बताउनुभयो । पछिल्लो समय आधुनिक गीत सङ्गीतको बढ्दो विकास क्रमले परम्परागत रुपमा रहेको गन्धर्व समुदायले गाउँने गीत सङ्गीत ओझेलमा पर्दै गएको पाइन्छ । पहिलेपहिले जस्तो सारङ्गी रेटेर गाउँदै हिँड्ने चलन आज कल घट्दै गएको स्थानीय बताउँछन् । परापूर्वकालदेखि नै लोक सङ्गीतको संरक्षण र सम्र्वद्धनमा योगदान पु¥याउँदै आएको गन्धर्व समुदायको मुख्य वाद्यवादन भनेको सारङ्गी हो । परापूर्वकालदेखि नै उनीहरूले सारङ्गी रेट्दै सुख दुःखका गीत सुनाएर हिँड्ने गर्नुहुन्थ्यो । सूचना आदानप्रदान गर्न अहिले जस्तो सञ्चार माध्यम नहुँदा सूचनाका मुख्य सम्वाहक बनेका उहाँहरूले देशका सहर बजारदेखि पहाडका कुनाकाप्चा र गाउँघरमा पुगेर राष्ट्र र राष्ट्रियताको सन्देश गीतमार्फत नै सुनाउने गर्नुभयो । जानकारका अनुसार सुखदुःखका खबर आदानप्रदान गर्न, सङ्गीतका माध्यमबाट मनोरञ्जन प्रदान गर्नका लागि गाइने अर्थात् गन्धर्व समुदायका मानिस मरिमेटी लाग्थे गर्थे । गीत सङ्गीतमा नै आफूलाई समर्पित गर्दै यसकै माध्यमबाट जीविकोपार्जन गर्दै आएका उहाँहरुलाई आज कल सहज छैन । आधुनिक प्रविधिको आगमन र विकाससँगै गन्धर्व समुदायको परम्परागत गीत सङ्गीत ओझेलमा छ । मानिस आधुनिक गीत सङ्गीततर्फ आकर्षित हुँदै गएका छन् । गन्धर्वले प्रयोग गर्ने सुमधुर आवाज दिने वाद्यवादन सारङ्गी वैद्धिक कालभन्दा अघि नै उत्पत्ति भएको मानिन्छ । आधुनिक बाजागाजाको विकासक्रमले सारङ्गी ओझेलमा पर्न थालेको उहाँहरूले बताएका छन् । प्रविधिको विकास र परिवर्तनशील सामाजिक दृष्टिकोणले गर्दा गन्धर्व समुदायको पछिल्लो पुस्ता प्राय अन्य पेशा व्यवसायमा पलायन भइरहेको बताइन्छ । तर विभिन्न चुनौतीका बीच पनि परम्परागत गीत सङ्गीतको जगेर्ना गर्ने अभिप्रायले केही युवा भने लागि रहेको पाइन्छ । जसको उदारण बनेका छन् रविन गन्धर्व र उहाँसँग हिँडिरहेका केही युवाहरू । गन्धर्व समुदायको साङ्गीतिक सम्पदालाई जोगाउन उहाँहरूलाई राज्यले प्रोत्साहन गर्नुपर्ने फुङलिङका व्यवसायी छत्र विकले बताउनुभएको छ । सीप विकासका कार्यक्रम गरेर, कार्य सम्पादनका अवसर सिर्जना गरेर उक्त समुदायलाई सहयोग पु¥याउन सके पहिचान दिने कला संस्कृति हराएर नजाने उहाँको भनाइ छ ।      

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न