Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पार्टीले कारवाही गर्दैमा ढाकाको सांसद पद खारेज होला ?

2023 Apr 13 9:24 AM 32

विज्ञापन

Birat Cancer Hospital
पार्टीले कारवाही गर्दैमा ढाकाको सांसद पद खारेज होला ?
काठमाडौं । प्रतिनिधिसभा सांसद ढाकाप्रसाद श्रेष्ठलाई पार्टीले साधारण सदस्य समेत नहरने गरी सांसद पद खारेज गर्ने निर्णय गरेपनि संविधानअनुसार सांसद पद जोगिने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बसेरै श्रेष्ठविरुद्ध कारवाही गरेपनि ‘नेपाल अधिराज्यको संविधान २०७२’ अनुसार भने उनको सांसद पद कायमै रहने देखिएको हो । चन्दा मागेको अडियो बाहिरिएपछि सांसद श्रेष्ठ र पार्टी नै विवादास्पद देखिए । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमहरुमा विभिन्न टिकाटिप्पणी गरिएका छन् । रास्वपाले बुधबार बैठक बसेर श्रेष्ठको सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय गर्न बाध्य भएको छ । व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि चाहियो भनेर दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि श्रेष्ठको सांसद पद खारेज गर्ने पार्टीले निर्णय गरेको हो । यता सांसद श्रेष्ठले दुर्गा प्रसाईसँग रकम मागिएको अडियो आफ्नो नभएको दाबी गरेका छन् । तर प्रमाण पुग्ने दोस्रो अडियो पनि बाहिरिएपछि पार्टीले सांसद पद नै खारेज गर्ने निर्णय गरेको छ । तर, केही संविधानविद् एवं कानुन व्यवसायीले भने नेपाल अधिराज्यको संविधान २०७२ अनुसार श्रेष्ठको सांसद पद नगुम्ने दाबी गरेका गरेका छन् । यता आफूलाई फसाउनको लागि सुनियोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी श्रेष्ठको पनि छ । उनी स्वयं पनि सांसद पद नगुम्ने जिकिर गर्छन् । श्रेष्ठले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी पनि गरेका छन् । देशमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । रविसहित तीनजना नेताहरु चुनावी मैदानमा भोट माग्न व्यस्त छन् । गत मंसिर ४ गते भोट दिएका जनताको फेरि मन जित्नमा रास्वपा कस्सिएको छ । यस अवस्थामा जनताको मन जित्न रास्वपाले श्रेष्ठलाई कारवाही गरेर देखाएको पनि आकलन गरिन्छ । श्रेष्ठलाई हटाएर विन्दबासिनीको नाम अर्को सांसदका रुपमा ल्याउनु चुनावी फन्डा मात्रै हो भन्न सकिन्छ । संविधानअनसार हेर्ने हो भने सांसद श्रेष्ठविरुद्धको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गरी अख्तियार र प्रहरीमा उजुरीका रुपमा बुझाउनु पर्ने हुन्छ । संविधानअनुसार सांसद पद गुम्ने आधारहरु संविधानअुसार सांसद पद गुम्नका लागि प्रथमतः सांसदले नै राजीनामा दिनुपर्छ । यस्तै ह्विप उल्लंघनका कारण दलले गरेको कारवाहीको सूचना १५ दिनभित्र सभामुखले प्रकाशित गरेको हुनुपर्छ । यस्तै अर्को दलमा प्रवेश गरेमा, अर्को दल गठन गरेमा, सदनलाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित भएमा सांसद पद खारेजी हुने प्रावधान छ । यस्तै संसदकै कार्यकाल सकिएमा वा विघटन भएमा पनि सांसद पद रहँदैन । यस अवस्थामा संविधानमा उल्लेखित यी कुनै पनि अवस्था नभएकाले श्रेष्ठ सांसद पदमा यथावत रहने देखिन्छ । उनीमाथि प्रहरी वा अख्तियारले अनुसन्धानका क्रममा थुनामा राखेमा सांसदका रुपमा काम गर्न पाउँदैनन् । तर पद भने जाँदैन । संविधानअनुसार अदालतले दोषी ठहर गरेपनि सांसद श्रेष्ठ निलम्बनमा मात्रै पर्छन्, त्यो ठाउँमा अर्को सिफारिस गर्न नमिल्ने देखिन्छ । अतः रास्वपाले सांसद श्रेष्ठलाई गरेको कारवाही चुनाव जित्नका लागि एउटा फन्डा होला, तर कानुनीरुपमा भने भने सुरक्षित देखिन्छन् । ‘रास्वपाले यति कुरा किन नबुझिकन सांसद पद नै खारेजीको निर्णय गरेको’ भन्ने विद्वत वर्गले सामाजिक सञ्जालमा टिकाटिप्पणी पनि गरेका छन् । सांसद श्रेष्ठले रकम मागेको भिडियो जस्तैे रास्वपा भित्रका अरु नेताको क्रियाकलाप पनि क्रमशः छताछुल्ल हुँदै जाने देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न