Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘प्रचण्डलेआफैंलाई धोका दिएको परिणाम चाँडै देखिने छ ’

2023 Apr 15 6:16 PM 31

विज्ञापन

Birat Cancer Hospital
‘प्रचण्डलेआफैंलाई धोका दिएको परिणाम चाँडै देखिने छ ’
हेटौँडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंंले आफैंलाई धोका दिएको टिप्पणी गर्नु भएको छ । उहाँले त्यसको परिणाम केही समयपछि थाहा हुने दाबी समेत गर्नु भयो । एमालेले संचालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिबार हेटौँडामा बोल्दै महासचिव पोखरेलले प्रचण्डले आफैंलाई धोका दिएको र त्यसको परिणाम केही समयपछि थाहा हुने दाबी गर्नु भएको हो । ‘अहिले कतिपयले भन्ने गरेका छन् अझ केही एमालेका नेतारकार्यकर्ताहरू पनि अन्योलमा छन्, कि प्रचण्डले एमालेलाई धोका दिए, तर त्यो अन्योलताबाट सबै मुक्त हुन जरुरी छ, प्रचण्डले एमालेलाई हैन, माओवादीले एमालेलाई हैन, उनीहरूले आफूलाई नै धोका दिएका हुन, त्यसको परिणाम अब केहि समयमा नै माओवादीले थाहा पाउँछ,’ महासचिव पोखरेलले भन्नु भयो । प्रचण्डको वर्तमान सरकारमा रहने दिन समाप्त हुँदै गएको नेताहरुले संकेत गर्न थालेका छन् । केही दिनअघि नेपाली कांग्रैसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बन्ने बताउनु भएको थियो । यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पदमुक्त हुने संकेत गर्नु भएको छ । उहाँले मधेश प्रदेशमा पनि मुख्यमन्त्री आँफै बहिर्गमन हुने खुलासा गर्नुभयो । नेता रावतले प्रधानमन्त्रीमा प्रचण्ड कति दिन टिक्ने हो भन्ने ठेगानचाहिँ नभएको टिप्पणी गर्नु भएको छ । पछिल्लो समय बैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेको बेलामा राउतको यस्तो भनाई आएको हो ।कांग्रेस सभापति देउवा र जनमत पार्टीका अध्यक्ष राउतका अभिव्यक्तिले प्रचण्ड सरकारबाट चाँडै बाहिरिने संकेत देखिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न