Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशीका मन्त्री राजभण्डारी सम्मानित, पुरस्कृत रकममा थपेर ५० हजार ट्रष्टलाई सहयोग

2023 Apr 21 10:02 PM 41

विज्ञापन

Birat Cancer Hospital
कोशीका मन्त्री राजभण्डारी सम्मानित, पुरस्कृत रकममा थपेर ५० हजार ट्रष्टलाई सहयोग
विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी 'राष्ट्रिय पुरस्कार २०८०' बाट सम्मानित हुनु भएको छ । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई 'राजभण्डारी राष्ट्रिय पुरस्कार'द्धारा सम्मान गरेको हो । मन्त्री राजभण्डारीले राजनीतिमा सक्रिय हुँदै सामाजिक, शैक्षिक, पर्यटन, उर्जा, स्वास्थ्यलगायतका क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ । राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्रस, सामाजिक संघसंस्था, धार्मिक एवं साँस्कृतिक क्षेत्रमा समेत मन्त्री राजभण्डारीले योगदान पुर्याउँनु भएकाले सम्मान गरिएको जनाएको छ । राजभण्डारी भक्तपुरबाट बाग्लुङ्ग पुगेको २१८ औं वर्ष गाँठको अवसरमा ट्रष्टका तर्फबाट मन्त्री राजभण्डारीलाई सम्मानपत्र, नगद २५ हजारसहित दोसल्लाओढाएर सम्मान गरिएकोअध्यक्ष काजी रोशनले जानकारी दिनु भएको छ । २०७८ मा स्थापना भएको ट्रष्टले हरेक वर्ष राष्ट्रका बिभिन्न क्षेत्रमा उल्लेखनिय टेवा पुर्याउने राजभण्डारीहरुलाई सम्मानगर्दै आएको संरक्षक रामकुमार राजभण्डारीले यस सञ्चारमाध्यमलाई थप जानकारी दिनु भयो । राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि मन्त्री राजभण्डारीले यस सम्मानले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनु भएको छ । लामो समयदेखि सेवाभाव मनमा राखेर कार्य गरेको तथा अझैपनि थुप्रै सामाजिक विकासका कार्य गर्न बाँकी रहेको मन्त्री राजभण्डारीले उल्लेख गर्नु भएको छ । यसैबीच मन्त्री राजभण्डारीले दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गलाई ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । उहाँले राष्ट्रिय पुरस्कार अन्तर्गत सम्मान स्वरुप प्राप्त भएको २५ हजार रुपैयाँ नगदमाआफ्नो तर्फबाट पुनः २५ हजार रुपैयाँ थप गरी ट्रष्टको थप व्यवस्थापन र अन्य सामाजिक कार्यका लागि ५० हजार रुपैयाँ ट्रष्टलाई हस्तान्तरण गर्नु भएको हो । मन्त्री राजभण्डारीका तर्फबाट सहयोग स्वरुप प्राप्त भएको ५० हजार रुपैयाँ आगामी दिनमा सामाजिक क्षेत्रमा प्रयोग गरिने ट्रष्टले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला