Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश नामाकरण कसैको विपक्षमा नभएको मुख्यमन्त्री कार्कीको दाबी

2023 Apr 21 10:32 PM 45

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश नामाकरण कसैको विपक्षमा नभएको मुख्यमन्त्री कार्कीको दाबी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको दाबी गर्नु भएको छ । नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्यसमितिको वार्षिक साधारणसभा तथा बार भवनको शुक्रबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, 'नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाऊँ । समय क्रममा भविष्यमा जनताको दुई तिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ।' प्रदेशसभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको दृष्टान्त प्रस्तुत गर्दै यस पटको प्रदेशसभाको प्रारम्भमै १३ औं बैठकले नामकरण गरेको मुख्यमन्त्री कार्कीले प्रस्ट पार्नुभयो । उहाँले प्रदेशको नामकरणमा प्रदेशसभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताउनुभयो । वर्तमाान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६/१७ महिनादेखि प्रधानन्यायाधीश नियुक्ति हुन नसक्नु दुखद कुरा हो भन्नुभयो । यस्तै अवस्था राजनीतिक क्षेत्रमा पनि रहेको तर यस विषयमा नेताहरुको ध्यान जान नसकेको उहाँको भनाइ छ । विगत १५ बर्षमा नभएका विकासका कामहरु प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति गरेको गरेको मुख्यमन्त्री कार्कीले दावी गर्नु भयो । उहाँले विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक, १०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संरचना निर्माण गरेको जानकारी दिनु भयो । प्रदेश सरकारले गरेका गल्तिको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न समेत मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला