Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश नामाकरण कसैको विपक्षमा नभएको मुख्यमन्त्री कार्कीको दाबी

2023 Apr 21 10:32 PM 23

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश नामाकरण कसैको विपक्षमा नभएको मुख्यमन्त्री कार्कीको दाबी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको दाबी गर्नु भएको छ । नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्यसमितिको वार्षिक साधारणसभा तथा बार भवनको शुक्रबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, 'नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाऊँ । समय क्रममा भविष्यमा जनताको दुई तिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ।' प्रदेशसभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको दृष्टान्त प्रस्तुत गर्दै यस पटको प्रदेशसभाको प्रारम्भमै १३ औं बैठकले नामकरण गरेको मुख्यमन्त्री कार्कीले प्रस्ट पार्नुभयो । उहाँले प्रदेशको नामकरणमा प्रदेशसभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताउनुभयो । वर्तमाान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६/१७ महिनादेखि प्रधानन्यायाधीश नियुक्ति हुन नसक्नु दुखद कुरा हो भन्नुभयो । यस्तै अवस्था राजनीतिक क्षेत्रमा पनि रहेको तर यस विषयमा नेताहरुको ध्यान जान नसकेको उहाँको भनाइ छ । विगत १५ बर्षमा नभएका विकासका कामहरु प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति गरेको गरेको मुख्यमन्त्री कार्कीले दावी गर्नु भयो । उहाँले विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक, १०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संरचना निर्माण गरेको जानकारी दिनु भयो । प्रदेश सरकारले गरेका गल्तिको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न समेत मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?