Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक

2023 Apr 28 4:06 PM 21

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक
विराटनगर । विराटनगर महानगरपालिकाले शुक्रबारदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताउनुभयो । उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तक्र्रिया गरेको थियो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको उहाँको भनाइ थियो । महानगरको सरसफाइ, कर सङ्कलन, सडकबत्ती जडान, बिजुलीको खम्बामा रङरोगनसहित नम्बरिङ, पार्किङलगायत अभियान सञ्चालन गरिरहेको महानगर प्रमुख कोइरालाले जानकारी दिनुभयो । उहाँले मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न सबैमा आग्रहसमेत गर्नुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई तीव्र पारिने बताउनुभयो । अबदेखि खुलारुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन, २०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले जानकारी दिनुभयो । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवले अस्वच्छ मासु सेवनको असर शरीरमा तुरुन्तै हुने र यसले दीर्घकालसम्म पनि असर पार्ने उल्लेख गर्दै पशु पछी बध गरेपछि कम्तीमा १२ घण्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताउनुभयो । विराटनगरमा करिब तीन सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपक्षी विकास शाखा प्रमुख शुभनारायण यादवको भनाइ थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?