Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निराको हत्या गर्ने विनोद विकलाई प्रहरीले सार्वजनिक गर्यो

2023 Apr 30 5:08 PM 20

विज्ञापन

Birat Cancer Hospital
निराको हत्या गर्ने विनोद विकलाई प्रहरीले सार्वजनिक गर्यो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ। आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरेको हो। विकलाई प्रहरीले हिजो शनिवार राति १० बजे  झापाबाट पक्राउ गरेको थियो । विकले निराको हत्या गरेको स्वीकारेका छन् । पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्य दिएको जानकारीअनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन्। प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक÷पटक हानेर निराको हत्या गरेका थिए। निरा सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्। पक्राउ परेका विक झापामा क्यासिनोमा काम गर्थे। त्यही क्रममा उनमा जुवा खेल्ने लत बस्यो। उनलाई तीन लाख रुपैयाँ ऋण लागेको थियो। त्यसपछि उनी झापा छोडेर काठमाडौं आएका थिए। काठमाडौंमा उनी नाइट क्लबमा बाउन्सरको काम गर्थे। सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि आफू लुटपाटमा लागेका उनले प्रहरीलाई बयान दिएका छन्। निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन् । हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?