Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकको अभिलेखीकरण विराटनगर महानगरको उच्च प्राथमिकतामा

2023 May 2 1:55 PM 21

विज्ञापन

Birat Cancer Hospital
अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकको अभिलेखीकरण विराटनगर महानगरको उच्च प्राथमिकतामा
विराटनगर । विराटनगर महानगरपालिकाले अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकहरूको अभिलेखीकरणलाई उच्च प्राथमिकतामा दिने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मेयर नागेश कोइरालाले अनौपचारिक क्षेत्रमा थुप्रै श्रमिक आबद्ध रहेकाले उनीहरूको अभिलेखीकरण गर्नु आवश्यक रहेको औंल्याउनु भएको छ । मेयर कोइरालाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले भोगेका समस्या समाधान गर्नसमेत महानगरका तर्फबाट सदैव पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले श्रमिकको सम्मान गरेकै कारण मुलुकले आशा गरेअनुसारको प्रगति नगरेको उल्लेख गर्नु भएको छ । 'जुन देशले श्रमिकहरूको सम्मान गरेका छन् तीे देशहरूले मात्रै आर्थिक रुपमा प्रगति गरेका थुप्रै उदाहरणहरू छन्,' सन्देशमा भनिएको छ, 'हाम्रो मुलुकमा अझै पनि श्रमिकलाई उचित सम्मान दिन नसकेकै कारण देशले सोचेअनुसारको आर्थिक प्रगति गर्न सकेको छैन ।' नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको मेयर कोइरालाले बताउनु भएको छ । 'मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु आवश्यक देखिन्छ । मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न महानगरपालिका सधैं कटिबद्ध रहेको छ,' निजी सचिवालयमार्फत जारी शुभकामना सन्देशमा भनिएको छ । मेयर कोइरालाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरू उत्तरोत्तर प्रगति, सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घजीवनको कामनासमेत गर्नु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?