Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रेस चौतारी झापाको सूचनाको हकसम्बन्धी अन्तरक्रिया प्रभावकारी

2023 May 2 2:04 PM 33

विज्ञापन

Birat Cancer Hospital
प्रेस चौतारी झापाको सूचनाको हकसम्बन्धी अन्तरक्रिया प्रभावकारी
दमक । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले विर्तामोडमा सूचनाको हकसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारीले विर्तामोड नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गरीरहेका विधार्थीलाई सहभागी गराएर अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सूचनाको हक भनेको के हो, सूचनाको हकको परिचय, सूचनाको हक सम्वन्धी ऐन,२०६४को जानकारी, सूचना माग गर्ने निवेदनको ढाँचा, माग गर्न नमिल्ने सूचनाहरु, सूचनाको हक र पारदर्शीता लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहजीकरण प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष,सूचना अभियन्ता प्रदिप परियारले गर्नु भएको थियो । सहभागीले राखेको जिज्ञासाको जवाफ दिदै प्रशिक्षक,अभियान्ता परियारले आम सरोकारको सूचना माग गर्दा सम्वन्धित कार्यालयले नदिएमा नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्वन्धी ऐन,२०६४को दफा ३ अनुसार मौखिक नभएर लिखित निवेदन दिएर सूचना माग गर्न आग्रह गर्नु भयो । संगठनका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले अहिलेको प्रविधिको युगमा जोसँग धेरै सूचना छ त्यो नै विश्वको धनी मानिने हुदा सार्वजानिक सरोकारको सूचनाको जानकारी राख्नु पर्ने बताउनु भयो । आफनो गाउँ ठाउँको सरोकारको विषय आफैले उठाउँ पर्ने भएकाले अध्ययन गरेर जनता सामु ल्याउन पनि सहभागीलाई सदस्य पोखरेलले आग्रह गर्नु भयो । समापन कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष गदालले सहभागीहरुलाई माछा मार्ने जाल नदिएर माछा मार्ने सीप अर्थात सूचना माग्ने सानै भए पनि सीप सिकाएको बताउनु भयो । सूचनाको हकलाई ब्यवहारमा उतार्ने काममा प्रेस चौतारी सबैसँग हातेमालो गर्न तयार रहेको अध्यक्ष गदालले प्रतिवद्धता ब्यक्त गर्नु भयोा

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न