Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उदयपुरमा पाठ्यपुस्तक अभाव

2023 May 6 7:50 PM 19

विज्ञापन

Birat Cancer Hospital
उदयपुरमा पाठ्यपुस्तक अभाव
गाइघाट । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । विद्याथीर्ले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरेका छन् । पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने गरेको विद्यार्थीको गुनासो छ । त्रियुगा नगरपालिका–१६ सुकौराकी कक्षा १० मा अध्ययनरत पुर्णाकुमारी मगर समयमा पुस्तक नपाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वैशाखको पहिलो हप्तादेखि पठनपाठन सुरु भइसकेको छ, गाईघाटका पुस्तक पसलमा पटक–पटक पुस्तक किन्न गए, सामाजिक अध्ययन, अङ्ग्रेजी र नेपाली विषयका पुस्तक अझै पाउन सकिएको छैन ।” त्रियुगा नगरपालिका–५ जलजलेस्थित उदयसी स्कुलका कक्षा ९ का विद्यार्थी पङ्कज साहको पनि गुनासो मगरको जस्तै छ । साह भन्नुहुन्छ, “विद्यालयमा पठनपाठन सुरु भएको दुई हप्ता बितिसक्यो, सबै पुस्तक नहुँदा पढ्न समस्या छ, पटक–पटक पुस्तक पसलमा पुस्तक किन्न जाँँदा भोलि वा पर्सि पुस्तक आइपुग्छ भनेर पुस्तक बिक्रेताले भन्नेगर्नुहुन्छ, फेरि पुस्तक लिन आउँदा अहिलेसम्म आएको छैन भनेर भन्नुहुन्छ्, दुःख पाउने काम मात्र भयो ।” सरकारले यस पटक बेलैमा पाठ्यपुस्तक प्रकाशन भएको र यस पटक पाठ्यपुस्तकको कुनै समस्या नहुने बताए पनि समयमा पाठ्यपुस्तक वितरण नहुँदा विद्यार्थीले समस्या भोग्नु परेको त्रियुगा नमूना मावि गाईघाटका शिक्षक सञ्जय दत्त बताउनुहुन्छ । समयमा पुस्तक वितरण हुन नसक्दा विद्यार्थीले समस्या भोग्नु परेको चौदण्डी नगरपालिका–९ जनता मावि हँडियाका अभिभावक दीपेन्द्र चौधरी बताउनुहुन्छ । पुस्तक पसल सञ्चालकले समयमा पुस्तक उपलब्ध गराउन नसकेको भन्दै अहिले अभिभावक तथा विद्यार्थीहरुले गुनासो गर्न थालेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्न लाग्दा पनि पुस्तक पसलल सञ्चालकले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न सकेका छैनन् । न्यौपाने पुस्तक पसल गाईघाटका सञ्चालक विष्णु न्यौपाने भन्नुहुन्छ, “विराटनगरबाट वितरण केन्द्रले सबै पुस्तक समयमा नै पठाउन ढिलाइ गर्दा आफूहरुले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न समस्या भएको हो ।” श्याम पुस्तक पसल गाईघाटका सञ्चालक श्याम साहका अनुसार वितरण केन्द्रको कारण नै सबै पुस्तक प्राप्त गर्न नसक्दा वितरणमा समस्या आएको हो । उदयपुरको कटारी, बेल्टार, गाईघाट क्षेत्रका विद्यार्थीले समयमा पुस्तक प्राप्त नभएको गुनासो गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?