Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सामाजिक सुरक्षा भत्ता कटौती नहुने अर्थभन्त्री महतको खुलासा

2023 May 9 1:55 PM 21

विज्ञापन

Birat Cancer Hospital
सामाजिक सुरक्षा भत्ता कटौती नहुने अर्थभन्त्री महतको खुलासा
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताउनु भएको छ । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको आज मंगलबार जवाफ दिँदै उहाँले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने अडान राख्नु भयो । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उहाँले भन्नुभयो, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’मन्त्री डा। महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताउनु भयो । ‘सरकारको ध्यान अनावश्यक संरचना घटाउने, पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ’ उहाँले भन्नुभयो। अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने पनि अर्थमन्त्री डा। महतले बताउनु भयो । ‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो लामो प्रोसेस हो, गाडी अगाडि बढ्न इन्जिन ठीक भएर हुँदैन, ब्रेकमात्र ठीक भएर हुँदैन, टायर ठीक भएर पनि हुँदैन, सबै पाटपूर्जा एकै लक्ष्यसाथ अगाडि जानुपर्छ’, उहाँले भन्नुभयो। अर्थमन्त्री डा। महतले अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि उनले बताउनु भयो । ‘सकेसम्म यो सिष्टमलाई यही आर्थिक वर्षभित्र सुधारेर नयाँ मार्गमा जान सक्दछौं, हामी सबैको सहयोग र एकाग्रताबाट त्यो सम्भव हुन्छ’ उहाँले बताउनु भयो । अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंक्ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने डा। महतले जनाउनु भयो।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?