Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

फित्कौलीद्वारा हास्यव्यङ्ग्यका चारवटा पुरस्कार स्थापना

2023 May 9 2:31 PM 19

विज्ञापन

Birat Cancer Hospital
फित्कौलीद्वारा हास्यव्यङ्ग्यका चारवटा पुरस्कार स्थापना
काठमाडौं, ०८० वैशाख २४ । हास्यव्यङ्ग्य प्रधान अन्लाइन पत्रिका सञ्चालन र हास्यव्यङ्ग्यीय कार्यक्रम गर्दै आएको फित्कौली अनलाइन मिडियाले आफ्नो वार्षिकोत्सवको अवसरमा गत ०७९ माघ १४ गते स्थापना गरेको फित्कौली अक्षयकोषमार्फत आगामी वर्षदेखि चारवटा पुरस्कार प्रदान गर्ने भएको छ । फित्कौली अनलाइन मिडियाद्वारा सोमवार जारी गरिएको विज्ञप्तिअनुसार हरेक वर्ष हास्यव्यङ्ग्य साहित्य र कलाका क्षेत्रमा लामो समयदेखि विशिष्ट योगदान पुर्याउँदै आएका व्यक्तित्वमध्ये एकजनालाई वा हास्यव्यङ्ग्यको प्रवर्धनमा क्रियाशील संस्थालाई नगद २०,००० हजार रुपैयाँसहित ‘फित्कौलीको राष्ट्रिय खित्कौली सम्मान’ प्रदान गरिने छ । त्यसैगरी वर्षभरिमा फित्कौली डटकममा प्रविष्ट भएका मुक्तक, हाइकु, कविता, काव्यांशहरूमध्ये उत्कृष्ठ १ रचनाका लेखकलाई ‘फित्कौली हास्यव्यङ्ग्य कविता/काव्य पुरस्कार’ प्रदान गरिने छ । फित्कौली डटकममा प्रविष्ट भएका निबन्ध, नाटक, समीक्षाहरूमध्ये उत्कृष्ठ १ रचनाका लेखकलाई ‘फित्कौली हास्यव्यङ्ग्य निबन्ध/नाटक/समालोचना पुरस्कार’ प्रदान गरिने भएको छ । त्यस्तै, वर्षभरिमा फित्कौली डटकममा प्रविष्ट भएका वा अन्य पत्रपत्रिकामा प्रकाशित बुढ्यौली सम्बन्धी लेखरचना वा कृतिमध्ये उत्कृष्ठ रचना वा कृतिका सर्जकलाई ‘फित्कौली बुढ्यौली साहित्य पुरस्कार’ प्रदान गरिने कुरा विज्ञप्तिमा उल्लेख छ । यसरी सम्मानित र पुरस्कृत स्रष्टालाई फित्कौलीको लोगो अङ्कित सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिने छ । ‘फित्कौलीको खित्कौली सम्मान’ बाहेक अरु पुरस्कारको रकम १५/१५ हजार रुपैयाँको रहेको छ । पुरस्कारको रकम पुरस्कारमै फित्कौली अनलाइन मिडियाले गत माघ १४ गते आयोजन गरेको फित्कौली खित्कौली सभामा नरनाथ लुइँटेलद्वारा आफूले प्राप्त गरेका पुरस्कार बापत प्राप्त रकम (भैरव पुरस्कार–(२०७८) को रु १,११,१११, हेटौडाको भैरव स्मृति सम्मानको रु.२३,००० र विरसा हास्य-लेखन पुरस्कार (२०५१) को रु. ५००० समेत हुन आउने १,३९,१११ रुपैयाँमा १०,८८९ रुपैया थप गरी जम्मा १,५०,००० रुपैयाँ अक्षय कोषमा प्रदान गरी अक्षय कोष स्थापनाको सुरुवात गरिएको थियो । घोषित र स्थापित यस अक्षय कोषमा सोही दिन डा. मुकेशकुमार चालिसेद्वारा रु. १,५००००।–, चट्याङ मास्टरद्वारा रु. १,०००००।–, एलआरआइ स्कूलद्वारा रु १,०००००।–, विश्व शाक्यद्वारा रु.३३,३३३।३३।–, सिस्नुपानी नेपालद्वारा रु. २५,०००, र ठाकुरप्रसाद अधिकारीद्वारा रु २०,०००।– र तीर्थराज अधिकारीद्वारा ले रु २०,०००।– प्रदान गरी कोषमा हस्तान्तरण गरिएको थियो । अक्षय कोष स्थापना नेपाली हास्यव्यङ्ग्यको संवद्र्धन र समृद्धिको फित्कौली अभियान हो भन्दै फित्कौलीका शुभचिन्तक एवम हास्यव्यङ्ग्य प्रेमी जो कोही पनि यो कोष वृद्धिमा सहभागी भई फित्कौली अभियानमा जोडिन सक्ने कुरा विज्ञप्तिमा जनाइएको छ । अक्षयकोष परिचालनसम्बन्धी कार्यविधि तय फित्कौली अनलाइन मिडयाले पुरस्कार र सम्मान सम्बन्धी अवधारणा समावेश भएको कार्यावधि समेत निर्माण गरी कार्यान्वन गरेको छ । ‘नेपाली हास्यव्यङ्ग्य लेखनमा सकृय रहेका अघिल्ला पुस्ताका स्रष्टालाई सम्मान एवम् नवागत स्रष्टाहरूलाई प्रोत्साहित गर्ने फित्कौलीको घोषित उद्धेश्य रहेको हुँदा यस कोषको मूलधन खर्च नगरी प्राप्त हुने व्याजबाट कीर्तिशेष हास्यव्यङ्ग्य स्रष्टाहरूको जन्म वा स्मृति दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी सम्मान एवम् पुरस्कार प्रदान गर्ने’ कुरा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा पुरस्कार तथा सम्मानका लागि छनोट प्रक्रिया उल्लेख गर्दै हास्यव्यङ्ग्यका क्षेत्रमा सुपरिचित व्यक्तित्वको संयोजकत्वमा फित्कौली सम्बद्ध वा फित्कौलीले इच्छाएको व्यक्ति समेत रहने गरी ३ सदस्यीय छनौट समिति चयन गरिने, समितिले आवश्यक शोध-अनुसन्धान समेत गरी सम्मान र पुरस्कारका लागि सिफारिसको व्यवस्था गरिएको छ । कोष परिचालन वा व्यस्थापनका सम्बन्धमा कार्यविधीमा फित्कौलीको यो अक्षयकोषमा स्वेच्छाले जति रकम पनि प्रदान गरेर कोषदाता बन्न सकिने, अक्षयकोषमा रु. १ लाखभन्दा बढी रकमले सहभागी हुने कोषदातालाई फित्कौलीद्वारा प्रदान गरिने पुरस्कारको नाममा दाताले इच्छाएको व्यक्तिको नाम जोड्ने अवसर प्रदान गरिने समेत उल्लेख छ । अक्षयकोषमा रकम वृद्धि हुँदै गएको स्थितिमा पुरस्कार रकममा पनि क्रमशः वृद्धि गर्दै लगिने छ, वा थप विधागत  अवधारणासहित नयाँ पुरस्कारको व्यवस्था गरिने पनि फित्कौली अनलाइन मिडियाले विज्ञप्तिमा जनाएको छ । यी चारवटै पुरस्कार आगामी आर्थिक वर्ष अर्थात ०८० भदौभित्रैमा छनौट गरी प्रदान गरिने भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?