Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नागरिक सुरक्षाका लागि कसैसँग सम्झौता हुँदैन: कोशी प्रदेश प्रहरी प्रमुख बाँस्तोला

2023 May 9 7:56 PM 33

विज्ञापन

Birat Cancer Hospital
नागरिक सुरक्षाका लागि कसैसँग सम्झौता हुँदैन: कोशी प्रदेश प्रहरी प्रमुख बाँस्तोला
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बाँस्तोलाले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । कार्यालयको सभाहलमा मंगलवारआयोजित पत्रकार भेटघाटमा प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरण गर्नुका साथै नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवामा पनि जोड दिइएको बताउनुभयो । फरार अपराधीलाई पक्राउ गर्न तीव्रता दिइएको, हराएका नागरिक खोज तलासमा ध्यान दिइएको र सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करीजस्ता घटनालाई पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्न गस्ती परिचालन गरिएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले सङ्गठनभित्र रवाना कार्यान्वयन र स्मार्ट प्रहरी कार्यालय व्यवस्थापनमा पनि जोड दिइएको जानकारी दिनुभयो । समन्वय र सहयोगको पद्धतिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ काम गरिरहेको प्रहरीको निगरानी र क्रियाशीलताले चोरी तस्करी कम भएको, भन्सार छली ल्याउने सामान धमाधम पक्राउ परिरहेको र सवारी दुर्घटनाजस्ता घटनामा पनि कमी आएको उहाँको भनाइ थियो । उहाँले नागरिक सुरक्षा, सुशासनबाट नै आम नागरिकमा समृद्धि आउने भएकाले शान्ति सुरक्षाको विषयमा र अपराध अनुसन्धान एवं खोजीमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनले सामुदायिक साझेदारी प्रहरी कार्यक्रम, ट्राफिक व्यवस्थापन, आत्महत्याजस्ता घटनालाई न्यून बनाउन व्यापक सचेतनाको अभियान सञ्चालन गर्ने बताउनुभयो । प्रहरीप्रति नागरिकको विश्वास बढाउन विगतका अभियानलाई तीव्रता दिने जनाउँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले प्रदेशमा काजमा रहेका प्रहरीलाई व्यवस्थापन गर्ने र नागरिकको स्वतन्त्रतापूर्वक जिउने अधिकारलाई रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न