Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकार महिलाको मेची–महाकाली साइकलयात्रा

2023 May 10 2:04 PM 32

विज्ञापन

Birat Cancer Hospital
पत्रकार महिलाको मेची–महाकाली साइकलयात्रा
काँकडभिट्टा । दलितमाथि हुँदै आएका सबैखाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकलयात्रा मङ्गलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ । यही वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गर्नुभएको थियो । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उहाँहरूले यात्रा पूरा गर्नुभएको हो । रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुनुहुन्छ । अर्घाखाँचीकी सङ्गीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुनुहुन्छ ।‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साइकल यात्रा २०८०’ नाराका साथ तीनैजनाले साइकलयात्रा गर्नुभएको हो । साइकलमा उहाँहरूले राष्ट्रिय झन्डा फहराउनुभएको थियो भने विभिन्न जिल्लामा जातीय छुवाछूतलगायत विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नुभएको थियो । साइकल यात्री बुढाथोकीले मुलुकमा ठूला राजनीतिक परिवर्तन र राज्य व्यवस्थामा फेरबदल आए पनि दलित समुदायले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समानता तथा आत्मसम्मानको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो । साइकलयात्राले समानता र आत्मसम्मानका लागि सकारात्मक सन्देश प्रवाहित गरेको उहाँको भनाइ छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न