Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मुख्यमन्त्री कार्की

2023 May 11 6:43 PM 34

विज्ञापन

Birat Cancer Hospital
सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उहाँले वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले वन क्षेत्र विस्तारले सकारात्मक एवं नकारात्मक दुवै असर पारेको चर्चा गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । मुख्यमन्त्री कार्कीले सामुदायिक वनको माध्मबाट मुलुकमा रोजगारी सिर्जना, राजस्व वृद्धि, उत्पादकत्व वृद्धि, पर्यटन क्षेत्रमा योगदान, वन पैदावरको विकास भएको बताउनुभयो । साझा सभ्यताको स्रोत एवं सबै समुदालाई जोड्ने भएकाले प्रदेशको नाम रुपमा ‘कोशी’ राखिएको जानकारी दिँदै उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९२ प्रतिशतको मतदान, सर्वदलीय सहमति एवं संवैधानिक कानुनका आधारमा नाम नामाकरण गरिएको प्रष्ट पार्नुभयो । समारोहमा प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई, सामुदायिक वनका केन्द्रीय अध्यक्ष भारती पाठक, प्रदेश अध्यक्ष तुलसी सङ्गौला, उपाध्यक्ष गोपालमान थापा लगायतले सामुदायिक वनले गरिबी निवारण, सुशासन एवं समावेशी कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको धारणा राख्नुभयो । अधिवेशनमा १४ जिल्लाका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ भने नयाँ नेतृत्व चयन गरिने सोही अवसरमा जानकारी दिइयो । प्रदेशमा तीन हजार सात सय ७५ सामुदायिक वन रहेका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न