Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

2023 May 13 6:33 PM 34

विज्ञापन

Birat Cancer Hospital
दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएको बताउनुभयो ।
उहाँले नेपालको नक्सामा ती भूभाग समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतनाको सञ्चार भइरहेको उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “भौगोलिक अखण्डता र देशप्रेमप्रतिको अटल विश्वास प्रदर्शन भइरहेको छ, नेपाली भूभागको यस विषयलाई व्यावहारिकरुपमा निष्कर्षमा लैजान इतिहासका प्रसङ्गलाई हामीले फेरि एकपटक उच्च महत्वका साथ स्मरण गर्नुपर्छ ।”
उहाँले दुई देशबीचको भौगोलिक सिमानालाई पूर्णरुपमा चुस्त र स्पष्ट राख्नुपर्ने खाँचो आवश्यकता आँैल्याउँदै पूर्वराष्ट्रपति भण्डारीले यस्ता कार्यले दुई देशबीच सदियौँदेखि रहिआएको जनविश्वासका रुपमा रहेको सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले भारतीय सैनिक कालापानी क्षेत्रमा बसेपछि नेपालको सार्वभौमसत्ता र स्वाधीनता खण्डित भएकाले त्यहाँबाट तुरुन्त फिर्ता हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेलले नेपाल–भारत सीमा र कालापानीलगायतका विषयमा अध्ययन गर्ने र जान्न चाहने जोकोहीका लागि पुस्तक निकै उपयोगी अध्ययन र सराहनीय भएको बताउनुभयो ।सीमाविद् बुद्धिनारायण श्रेष्ठले कालापानी, लिपुलेक र लिम्यिाधुरा नेपालकै हो भन्ने गतिलो प्रमाण पेस गर्दै पुस्तकले यस विषयमा भारतलाई बोल्न, चाइचुई गर्न र हलचल गर्न नसक्ने बताउनुभयो ।
पुस्तकमा खासगरी अन्तर्राष्ट्रिय कानुन, नक्सा, जलविज्ञान र भोगचलनलगायतले उक्त भूभाग नेपालकै भएको स्पष्ट गरेको बताउँदै लिम्पियाधुराबाटै निस्केको नदी काली भएको यसअघि नै प्रमाणित भइसकेको धारणा राख्नुभयो । वरिष्ठ पत्रकार भैरव रिसालले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला कालापानी क्षेत्रको भूभागसम्बन्धी विषयलाई मूल विषय बनाएर लामो समयदेखि रहिआएको भारतीय सेना फिर्ताका लागि परिणाममुखी वार्ता गर्न सुझाव दिनुभयो ।
अधिवक्ता रमण कर्णले कालापानी नेपालको हो भन्ने सन्दर्भमा नेपालले वास्तविक नक्सा प्रकाशित गरिसकेको हुँदा त्यस क्षेत्रमा सार्वभौम र स्वाधीनता कायम गर्न नेपालले दाबी प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । चार सय ७६ पृष्ठको उक्त पुस्तकमा नेपालको भारत–चीनबीचको सम्बन्ध र सीमा तथा बेलायतलगायत देशसँग सम्बन्धित विभिन्न आधिकारिक तथ्य, तथ्याङ्क र प्रमाण समेटिएको छ । कार्यक्रमका सहभागी वक्ताले नेपाल(भारतलाई दाजुभाइका हिसाबले नभई छिमेकीमै सीमित रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । एक हजार एक सय मूल्य रहेको उक्त पुस्तक छ खण्ड र ३२ अनुच्छेद रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न