Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा: मेयर कोइराला

2023 May 14 2:38 PM 30

विज्ञापन

Birat Cancer Hospital
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा: मेयर कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताउनुभएको छ । श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बन्न लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उहाँले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख कोइरालाले असल नागरिक बन्न नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनुपर्ने आवश्यकता औँलाउनुभयो । विद्यालयका संरक्षक अच्युतप्रपन्नाचार्यले नैतिक शिक्षा, संस्कार र चरित्र निर्माण गर्न संस्कृत भाषा अत्यन्त जरुरी रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षासेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारे चर्चा गर्नुभएको थियो । दुई कठ्ठा १० धुर जग्गामा निर्माण भएको उक्त संस्कृत विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म एक सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रू ४५ लाख बजेट प्राप्त भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न