Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जलवायु परिवर्तनका प्रभावबारे आजदेखि तीनदिने युवा सम्मेलन

2023 May 19 5:47 AM 33

विज्ञापन

Birat Cancer Hospital
जलवायु परिवर्तनका प्रभावबारे आजदेखि तीनदिने युवा सम्मेलन
काठमाडौं । जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वका १४ देशका करिब एक सय २० युवाहरूको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाइ’ रहेको छ । ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरूले जलवायु उत्थानशीलताका लागि नवीनतम् र अन्यत्र लागू गर्न सक्ने समाधानका उपायहरूका बारेमा छलफल गर्ने आयोजकले जनाएको छ । यो वर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको हो । सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा आयोजना हुनेछन् भने युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरूको आवाज समेटेर एउटा पैरवीपत्र अर्थात् एड्भोकेसी पेपरसमेत जारी गरिनेछ । सम्मेलनको दौरानमा सीएनआई, नेपाल चेम्बर अफ कमर्स तथा सीउनआइवाइइएफजस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिबद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यावसायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनमा के–कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ । सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्नुहुन्छ, “एक्जियाटा समूहको बृहत् रणनीतिक खाकाअन्तर्गतको वातावरणीय, समामाजिक तथा सुशासन नीतिअनुसार दीर्घकालनीन महत्वको योजनामा हाम्रो समर्थन छ । यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशीलताका लागि अपासी सहकार्यको विकास गर्नेछ भने व्यवसाय र पृथ्वी दुवैलाई बाँच्न सक्ने वातावरणको सिर्जना गर्न योगदना गर्नेछ ।” सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौँ रहेको छ भने स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड को–अपरेशन ९एसडिसी०, सेक्युरिटीपल, कोकाकोला, एनआइबील एस क्यापिटल, नबिल बैंक र इसिमोडले सम्मेलनलाई सहयोग गरेका छन् । यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेका छन् । वल्र्ड इकोनोमिक फोरमको सक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीमा विश्वका एक सय २२ देशका चार सय ५० सहरमा केन्द्र (हब ) रहेका छन् । सम्मेलनको दौरानका ग्लोबल सेपर्स काठमाडौँले वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणको दिशामा गरेका केही नवीनतम् कार्यलाई प्रस्तत गरिने तयारी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न