Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटराजा दरबार–बर्जु हाफ म्याराथन दौड प्रतियोगितामा रावत प्रथम

2023 May 20 9:13 PM 33

विज्ञापन

Birat Cancer Hospital
विराटराजा दरबार–बर्जु हाफ म्याराथन दौड प्रतियोगितामा रावत प्रथम
विराटनगर–१८ स्थित विराटराजाको दरबार भेडियारीबाट सुनसरीको बर्जु तालसम्म आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्रसिंह रावत प्रथम भएका छन् । कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवर्द्धन, विराट–बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त दौडमा रावतले २३ किलोमिटर दूरी एक घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरी रु एक लाख पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी उक्त दौडमा सुशीलकुमार शाही द्वितीय, मोहनदेव जोशी तृतीय स्थान प्राप्त गरी कमशः रु ७५ र ५० हजार नगर पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै होमलाल श्रेष्ठ चौथो, श्रीकास राई पाँचौँ र किरणसिंह बोगटी छैटौँ स्थान प्राप्त गरी रु १५–१५ हजार प्राप्त गर्नुभएको छ । उक्त पुरुष दौड प्रतियोगितामा ५४ जनाको सहभागिता रहेको थियो । यसैगरी महिलातर्फको पाँच किलोमिटर दौडमा रेखा विष्टले १९ मिनेट चार सेकेण्डमा दूरी पार गरी प्रथम स्थान प्राप्त गरी रु २५ हजार प्राप्त गर्नुभएको थियो । त्यसैगरी द्वितीय सीमा थारू चौधरी तृतीय विर्सना कुमाल र चौथोमा अन्सु मण्डलले क्रमशः रु २०, १५ र १० हजार पुरस्कार प्राप्त गर्नुभएको थियो । महिलातर्फ १९ जनाको सहभागिता रहेका थिए भने १० र ११ वर्षीया बालिका जुही र जुनी राईको समेत सहभागिता रहेको थियो । हाफ म्याराथुन विराटराजाको दरबार सङ्ग्रहालय भेडियारीबाट सुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टीचोक हुँदै केशलिया रोड, भीमपुरचोक हुँदै रामगञ्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालको उत्तर गेटमा सम्पन्न भएको थियो । प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री जीवन आचार्यले सुनसरीको बर्जुतालमा आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गर्नुहुँदै यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन वृद्धि गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सङ्घीय सरकारको समेत लगानीमा विराटराजाको दरबार एवं बर्जुतालमा थप लगानी ल्याउनका साथै भारतीय पर्यटकलाई आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउने धारणा राख्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य अमृत अर्याल, रामदेव यादव, मन्त्रालयका सचिव डा सञ्जीवकुमार राई, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार राय र सुनिल श्रेष्ठले यस क्षेत्रको विकासबाट मुलुकको समृद्धि झल्कने विचार राख्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न