Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

2023 May 22 5:33 AM 21

विज्ञापन

Birat Cancer Hospital
१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा
विराटनगर । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल रु १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले रु एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आव २०७८र७९ को १० महिनाको अवधिमा नेपालले रु एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ । विभागका अनुसार आव २०७८र७९ मा रु १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ । कूल कारोबारका आधारमा आव २०७८र७९ रु १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा रु १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?