Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरका विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा

2023 May 27 7:55 PM 31

विज्ञापन

Birat Cancer Hospital
विराटनगरका विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा
विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरका विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आइतबारबाट सुरु हुँदैछ । बजेट अधिवेशनलाई अवरोध गर्न पहिचान पक्षधरले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शनिबार बिहानबाट अनिश्चित समयका लागि देवकोटा चौकस्थित प्रदेशसभा भवन, रोडसेस चौक क्षेत्रमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास, र जिल्ला प्रशासन कार्यालय लगायतका क्षेत्रमा विरोधसभा, जुलुस धर्ना, र्‍यालीजस्ता कार्य गर्न नपाउने उल्लेख गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जारी गरेको विज्ञप्तिमा प्रदेशको नामाकरणपश्चात असहमत पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गर्दै शान्ति सुरक्षामा असर पर्न सक्ने हुदाँ सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जनाइएको छ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुंगले जेठ १४ गते आइतबारका लागि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेसँगै प्रशासनले शान्ति सुरक्षालाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो । गत फागुन १७ गते प्रदेशको नामाकरण कोशी राखिएसँगै पहिचान पक्षधरले असन्तुष्टि जनाउँदै आएका छन्। पहिचान पक्षधरले बजेट अधिवेशनसँगै विरोध चर्काउने र प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालयतर्फ प्रदर्शन गर्ने जनाउँदै आएका छन्। शुक्रबार दिउँसो पहिचान पक्षधरका स्वंयसेवकहरूले प्रदेश राजधानी विराटनगरका विभिन्न स्थानमा शान्तिपूर्वक प्रदर्शन गरेका थिए । आइतबारबाट प्रदेशसभा केन्द्रीत आन्दोलन गर्ने तयारी गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न