Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

साझा चुनौतीविरुद्ध लड्न जरुरी देखिएको छ: मुख्यमन्त्री कार्की

2023 May 29 5:17 AM 33

विज्ञापन

Birat Cancer Hospital
साझा चुनौतीविरुद्ध लड्न जरुरी देखिएको छ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवस को शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सार्वभौम नेपाली जनताले यो ऐतिहासिक दिनलाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइरहेको तथ्य उल्लेख गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । विभिन्न आन्दोलनमा घाइते, अपाङ्गता तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधानको निर्माण, राज्यको पुनः संरचनासँगै प्रदेशहरूको नामकरण गरी तीन तहकै दोस्रो आवधिक निर्वाचन सम्पन्न भइसकेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सङ्घीय संरचनाका तीनै वटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको उल्लेख छ । राज्यको पुनःसंरचना र आवधिक निर्वाचनमार्फत विगतमा सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमा आइपुगेको अनुभूति आमनागरिकले गर्न थालेको विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले बताउनुभएको छ । 'गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको छ । भौतिक विकासतर्फ भएको उल्लेख्य प्रगति, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयास, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाति, वर्ग र क्षेत्रलाई राज्यको मूलप्रवाहमा ल्याउन भइरहेको प्रयासहरू गणतन्त्रकै प्रतिफल हुन् । जसले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधार निर्माण गरिरहेको छ । पहाडी क्षेत्रको बढ्दो बसाइँसराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पूँजी र दक्षजनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जनचाहनाअनुसारको शासकीय सुधार प्रमुख चुनौतिका रूपमा देखापरेको', मुख्यमन्त्री कार्कीले भन्नुभएको छ । उहाँले यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेशभित्रका सबै राजनीतिक दल, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदीबहिनी एक जुट भएर यी साझा चुनौती विरुद्ध लड्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि सबैमा हार्दिक आह्वान गर्नुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न