Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल र चीनको सिछवानका उद्यमीबीचको सम्बन्ध प्रगाढ बन्दै

2023 Jun 1 5:48 AM 44

विज्ञापन

Birat Cancer Hospital
नेपाल र चीनको सिछवानका उद्यमीबीचको सम्बन्ध प्रगाढ बन्दै
केशव भट्टराई,काठमाडौं । नेपाल र चीनबीच भइरहेको उद्यम तथा व्यापारिक सम्बन्ध प्रगाढ हुँदै गएको काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले दाबी गरेका छन् । बुधवार साँझ काठमाडौंमा आयोजना भएको नेपालमा सिछवान उद्यमीहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमका वक्ताहरुले दुई देशबीच विभिन्न क्षेत्रमा भएको लगानीको प्रतिफल पनि सकारात्मक भएको दाबी गरे । चिनियाँ कम्युनिष्ट पार्टीको सिछवान प्रान्तका सचिव वाङ सियाओहुईले नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध निरन्तर प्रगाढ हुँदै गएको दाबी गर्नुभयो । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार बिहान काठमाडौं आइपुग्नु भएका सचिव सियाओहुईले द’ई देशबीचको उच्चस्तरीय भ्रमण बाक्लिँदै जानु स’खद पक्ष भएको भन्दै ख’सी व्यक्त गर्नु भयो । उहाँले परिवर्तनसँगै विश्व परिवेश जटिल हुँदै गएको अवस्थामा दुई देशका नेताहरु बीच हुने भ्रमण आपसी समझदारीको गाँठो फुकाउने मूल मन्त्र भएको बताउनुभयो । यस्तै उहाँले नेपाल र सिछवान प्रान्तको सहकार्यमा संचालित जलविद्य’त लगायतका परियोजनाहरु नमुना देखिएका दाबी गर्नुभयो । नेपालमा सिछवान उद्यमीहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘हामी स’न्दर नगर काठमाडौंमा भेला भएका छौं, हाम्रो मूल उद्देश्य मित्रलाई अगाडि बढाउने र साझेदारीबारे छलफल गर्ने हो ।’ एक अर्को प्रसंगमा उहाँले नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि पारस्पारिक सम्मान तथा समानताको आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउँदै आएको बताउनुभयाे । सन् २०१९ अक्टोबर महिनामा राष्ट्रपति सी चिन फिङले नेपालमा राजकीय भ्रमण गर्नु भएपछि दुई देशको नेतृत्वले नेपाल- चीन सम्बन्धलाई विकास र समृद्धिका निम्ति दिर्घकालीन मित्रताको रणनीतिक साझेदारीको तहमा गाँस्ने काम गरेको स्मरण गराउनुभयो । सी चिन फिङको नेपाल भ्रमणमा केन्द्रि हुदै उहाँले भन्नुभयो, ‘यसले द’ई देशबीच विभिन्न क्षेत्रमा हुने आपसी हितका साझेदारीहरुलाई प्रोत्साहन गरेको छ, नेपाल-चीन सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको छ । वहाँले नेपाल र सिछवान प्रान्तबीचको सम्बन्ध पनि धेरै पुरानो सम्बन्ध भएको स्मरण गर्नु भयो । उहाँले दुइ देशका उद्यमीहरुले हातमा हात मिलाई आपसी साझेदारी र विकासलाई अझ अगाडि बढाउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले पर्यटकीय भ्रमण, लगानी र व्यापार गर्न, सिछवानको प्राकृतिक सौन्दर्यको आनन्द लिन र आपसी हित र साझेदारीको वातावरण सिर्जना गर्न नेपालीलाई आग्रह पनि गर्नु  भएको छ । यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको जनाउनु भयो । उहाँले नेपालमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाललाई समृद्धिमा लैजानका लागि सन् २०१७ मा सीआरआई सम्झौतामा हसताक्षर गरेको जनाउनु भयो । द’ई मुलुकबीच हुने उच्चस्तरीय राजनीतिक भ्रमणका क्रममा महत्वपूर्ण सहमती हुने गरेको जनाउँदै नेपाल सरकार त्यस्ता सहमति कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको पनि उपप्रधानमन्त्री श्रेष्ठले आश्वस्त पार्नु भयो । उहाँले सिछवान प्रान्तका उद्योगी एवं व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह पनि गर्नु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘लगानीको वातावरण बनाउन नेपाल प्रतिबद्ध छ । काठमाडौं र सिछवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।’ भौगोलिक विकटता, सांस्कृति सद्भाव र सिछवान प्रान्तीय सरकारले अवलम्बन गरिहेको कनेक्टिभिटी र नीतिका कारण पनि सिछवान नेपाली उत्पादनको प्रमुख निर्यात बजार भएको प्रष्ट पार्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला