Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल र चीनको सिछवानका उद्यमीबीचको सम्बन्ध प्रगाढ बन्दै

2023 Jun 1 5:48 AM 15

विज्ञापन

Birat Cancer Hospital
नेपाल र चीनको सिछवानका उद्यमीबीचको सम्बन्ध प्रगाढ बन्दै
केशव भट्टराई,काठमाडौं । नेपाल र चीनबीच भइरहेको उद्यम तथा व्यापारिक सम्बन्ध प्रगाढ हुँदै गएको काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले दाबी गरेका छन् । बुधवार साँझ काठमाडौंमा आयोजना भएको नेपालमा सिछवान उद्यमीहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमका वक्ताहरुले दुई देशबीच विभिन्न क्षेत्रमा भएको लगानीको प्रतिफल पनि सकारात्मक भएको दाबी गरे । चिनियाँ कम्युनिष्ट पार्टीको सिछवान प्रान्तका सचिव वाङ सियाओहुईले नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध निरन्तर प्रगाढ हुँदै गएको दाबी गर्नुभयो । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार बिहान काठमाडौं आइपुग्नु भएका सचिव सियाओहुईले द’ई देशबीचको उच्चस्तरीय भ्रमण बाक्लिँदै जानु स’खद पक्ष भएको भन्दै ख’सी व्यक्त गर्नु भयो । उहाँले परिवर्तनसँगै विश्व परिवेश जटिल हुँदै गएको अवस्थामा दुई देशका नेताहरु बीच हुने भ्रमण आपसी समझदारीको गाँठो फुकाउने मूल मन्त्र भएको बताउनुभयो । यस्तै उहाँले नेपाल र सिछवान प्रान्तको सहकार्यमा संचालित जलविद्य’त लगायतका परियोजनाहरु नमुना देखिएका दाबी गर्नुभयो । नेपालमा सिछवान उद्यमीहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘हामी स’न्दर नगर काठमाडौंमा भेला भएका छौं, हाम्रो मूल उद्देश्य मित्रलाई अगाडि बढाउने र साझेदारीबारे छलफल गर्ने हो ।’ एक अर्को प्रसंगमा उहाँले नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि पारस्पारिक सम्मान तथा समानताको आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउँदै आएको बताउनुभयाे । सन् २०१९ अक्टोबर महिनामा राष्ट्रपति सी चिन फिङले नेपालमा राजकीय भ्रमण गर्नु भएपछि दुई देशको नेतृत्वले नेपाल- चीन सम्बन्धलाई विकास र समृद्धिका निम्ति दिर्घकालीन मित्रताको रणनीतिक साझेदारीको तहमा गाँस्ने काम गरेको स्मरण गराउनुभयो । सी चिन फिङको नेपाल भ्रमणमा केन्द्रि हुदै उहाँले भन्नुभयो, ‘यसले द’ई देशबीच विभिन्न क्षेत्रमा हुने आपसी हितका साझेदारीहरुलाई प्रोत्साहन गरेको छ, नेपाल-चीन सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको छ । वहाँले नेपाल र सिछवान प्रान्तबीचको सम्बन्ध पनि धेरै पुरानो सम्बन्ध भएको स्मरण गर्नु भयो । उहाँले दुइ देशका उद्यमीहरुले हातमा हात मिलाई आपसी साझेदारी र विकासलाई अझ अगाडि बढाउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले पर्यटकीय भ्रमण, लगानी र व्यापार गर्न, सिछवानको प्राकृतिक सौन्दर्यको आनन्द लिन र आपसी हित र साझेदारीको वातावरण सिर्जना गर्न नेपालीलाई आग्रह पनि गर्नु  भएको छ । यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको जनाउनु भयो । उहाँले नेपालमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाललाई समृद्धिमा लैजानका लागि सन् २०१७ मा सीआरआई सम्झौतामा हसताक्षर गरेको जनाउनु भयो । द’ई मुलुकबीच हुने उच्चस्तरीय राजनीतिक भ्रमणका क्रममा महत्वपूर्ण सहमती हुने गरेको जनाउँदै नेपाल सरकार त्यस्ता सहमति कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको पनि उपप्रधानमन्त्री श्रेष्ठले आश्वस्त पार्नु भयो । उहाँले सिछवान प्रान्तका उद्योगी एवं व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह पनि गर्नु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘लगानीको वातावरण बनाउन नेपाल प्रतिबद्ध छ । काठमाडौं र सिछवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।’ भौगोलिक विकटता, सांस्कृति सद्भाव र सिछवान प्रान्तीय सरकारले अवलम्बन गरिहेको कनेक्टिभिटी र नीतिका कारण पनि सिछवान नेपाली उत्पादनको प्रमुख निर्यात बजार भएको प्रष्ट पार्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो