Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भारतको बथनाहाबाट विराटनगरसम्म कार्गो रेल सञ्चालन

2023 Jun 1 2:17 PM 33

विज्ञापन

Birat Cancer Hospital
भारतको बथनाहाबाट विराटनगरसम्म कार्गो रेल सञ्चालन
विराटनगर । निर्माण नसकिँदै भारतको बथनाहाबाट नेपालको विराटनगरमा कार्गो रेल सञ्चालन गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे सेवाको उद्घाटन गरेका हुन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर रेलवे र कार्गो रेलवे सेवाको उद्घाटन गरेसँगै बथनाहाबाट नेपाली उद्योगका कच्चापदार्थ बोकेको कार्गो रेल विराटनगर आइपुगेको छ । कार्गो रेल विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) आइपुगेको हो । बथनाहाबाट आईसापीसम्मको दूरी ८ किलोमिटर रहेको छ । बथनाहाबाट छुटेको कार्गो रेल १५ मिनेटमा आईसीपीसम्म आइपुग्छ । बिहीबार आएको मालबाहक रेलमा आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री रहेका छन् ।बुधबार परीक्षणका लागि आईसीपीसम्म कार्गो रेल आएको थियो । यसअघि भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनको परीक्षण गरिएको थियो । नेपाल(भारत दुवै देशका झन्डा राखेर २०७५ सालमै बथनाहादेखि आईसीपीको स्टेसनसम्म परीक्षणस्वरूप रेलको इन्जिन ल्याइएको थियो । यसपछि भारतीय पक्षले पटक पटक नेपाललाई आईसीपीसम्म कार्गो रेल सञ्चालन गर्न अनुरोध गर्दै आएको थियो । भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेल सञ्चालन गर्ने परियोजना सन् २०११ मा सुरु भएको थियो । १८ किलोमिटर लामो रेलमार्गको मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन । अहिले बथनाहाबाट आईसीपीसम्ममात्रै रेलको लिक निर्माण भएको छ । बाँकी ८ किलोमिटरको कार्य भइरहेको रेल विभागले जनाएको छ । कटहरी क्षेत्रको २ किलोमिटर लिक निर्माण भने मुआब्जा विवादका कारण अगाडि बढ्न सकेको छैन । भारतीय पक्षको आर्थिक र प्राविधिक सहयोगमा सो रेल परियोजना सुरु भएको थियो । भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिका(१ महेशपुरसम्म रेल आउने परियोजनामा उल्लेख छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न