Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ट्युबवेल सुक्न थालेपछि पानीको समस्या

2023 Jun 3 5:44 AM 31

विज्ञापन

Birat Cancer Hospital
ट्युबवेल सुक्न थालेपछि पानीको समस्या
गाइघाट । त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ । जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अहिले कतिपय स्थानीय पिउने पानीका लागि निकै समस्या भोग्न परेको गुनासो गर्न थालेका छन् । त्रियुगा–१२ डिएम गेट, दुर्गाटोल, सुनगाभा टोलसहितका स्थानमा एक हप्तादेखि ट्युबवेलबाट पानी आउन छाडेकाले पिउने पानीको निकै कष्ट भोग्न परेको स्थानीय दुर्गा टोलका मुहकर अलि मियाँले बताउनुभयो । गाईघाटको सुनगाभा टोलसहित दुर्गाटोल क्षेत्रमा अहिले झण्डै सयभन्दा बढी ट्युबवेलबाट पानी आउन छाडेपछि आफूहरु पिउने पानीका लागि अन्य छिमेकीकोतिर जानुपर्ने बाध्यता भएको तथा किनेर पानी खान बाध्य हुनुपरेको डिएम गेटका बासिन्दा सुजाता दाहालले बताउनुभयो । त्रिनपा–१२ कै पुरानो गाईघाटस्थित बोटे टोल, बगरटोल क्षेत्रमा पनि डेढ हप्तादेखि झण्डै एक सय ५० ट्युबवेल सुकेपछि पानी आउन छाडेको बोटेटोलका रञ्जन बोट बताउनुहुन्छ । ट्युबवेलबाट पानी नआउनुका कारणबारे गाईघाट डिएम गेटका ट्युबवेल मेकानिकल पशुपति चौधरी भन्नुहुन्छ, “जमिनको सतहभन्दा बीस–बाइस फिट गहिराइमा पाइप गाडिएका छन्, तर अहिले सुक्खा खडेरीका कारण पानीको सतह घटेर २५ फिटभन्दा तल झरिसकेका कारण अर्को पाइप गहिरो गाडेरमात्र अब पानी आउन सक्छ, पुरानो ट्युबवेलबाट अहिलेको जमिनको सतहबाट अब पानी आउँदैन ।” गर्मी र सुक्खा खडेरीका कारण जमिनको सतहबाट पानीको सतह पनि घट्न थालेपछि त्रियुगा–३ भुल्के र वडा नं २ खैजनपुर क्षेत्रमासमेत जमिनमा गाडिएको ट्युबवेल तथा कलबाट पानी आउन छाडेको खैजनपुरका देवप्रसाद लुइँटेलले बताउनुभयो । केही वर्षअघि जमिनको सतहभन्दा तल २०÷२२ फिट मुनिसम्म गाडिएका कल तथा ट्युबवेलबाट यसअघिसम्म पानी तानेर प्रयोग हुने गरेको भए पनि अहिलेको खडेरी र सुक्खा मौसमका कारण जमिनको सतहभन्दा धेरै तल पानीको सतह सुकेर झरेको बताइएको छ । त्रियुगा क्षेत्रका गाउँघरमा ट्युबवेलबाट पानी आउन छाडेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न