Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सहकारीबाट ठगिएकाहरु एक हुँदै, काठमाडौंमा विरोध प्रदर्शन

2023 Jun 3 6:13 PM 31

विज्ञापन

Birat Cancer Hospital
सहकारीबाट ठगिएकाहरु एक हुँदै, काठमाडौंमा विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरुले फिर्ता नगरेको सर्वसाधारणको वचत रकम फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि सुनुवाइ नभएको बताए । संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको वचत फिर्ताको लागि राज्यका सबै निकाय धाउँदा कतै पनि सुनुवाइ नभएपछि संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताइन् ।उनले सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुलाई आफैंले नीति नियम बनाउन बन्द गर्नुपर्ने माग गरिन् । सहकारीमा वचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनको भनाइ छ । अध्यक्ष राजभण्डारीले काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको गुनासो गरिन् ।अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका वचतकर्ताहरु एक ठाउँमा रहेको उनको भनाइ छ । सहकारीमा बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर वचत गर्नेहरुको रकम फसेको अध्यक्ष राजभण्डारीको भनाइ छ ।पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, वचतकर्ता रकम अविलम्व फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर लगायतको माग राखेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न