Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकारिता क्षेत्रको इमान्दारिताले समाजमा महत्वपूर्ण परिर्वतन: मुख्यमन्त्री कार्की

2023 Jun 5 10:05 PM 29

विज्ञापन

Birat Cancer Hospital
पत्रकारिता क्षेत्रको इमान्दारिताले समाजमा महत्वपूर्ण परिर्वतन: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिका महत्वपूर्ण  हुने  बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा सोमवार विराटनगरमा आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उहाँले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको बताउँदै उहाँले सञ्चारमाध्यमले आफू अनुकूल व्याख्या गर्न नहुने तर्क गर्नुभयो । मुख्यमन्त्री कार्कीले समाजलाई एकीकृत बाटोमा लैजान पत्रकारिता क्षेत्रले सत्य एवं तथ्यलाई जोड दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो,'जनताको विश्वासिलो शक्तिको रुपमा रहेको पत्रकारिता क्षेत्रमा वैचारिक भित्रता भए पनि राज्य निर्माणमा एक हुनुपर्छ ।' महासङ्घले सञ्चालन गरेको शुद्धीकरण अभियानले यो क्षेत्रलाई अझ बलियो र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्दै उहाँले सञ्चार क्षेत्रको यथोचित विकास गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासङ्घ केन्द्रीय समितिका अध्यक्ष विपुल पोखरेलले महासङ्घले क्रियाशील पत्रकारिता सुनिश्चितता गर्न शुद्धीकरण अभियान सञ्चालन गरेको भन्दै सदस्य प्राप्ति र अन्त्यको अधिकार जिल्ला शाखाको हुने स्पष्ट पार्नुभयो । उहाँले नैतिक र चरित्र निर्माण गर्न शुद्धीकरण अभियानले मद्दत गर्ने भन्दै प्रदेश सरकारले निर्माण गर्ने बजेट, नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको भूमिका स्पष्ट रुपमा लेख्नुपर्ने सुझाव दिनुभयो ।
महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता भट्टराई, महासचिव रोशन पुरी, केन्द्रीय सदस्य अमर खड्का, पत्रकारहरु बन्धु पोखरेल, मीनकुमार नवोदित श्रेष्ठ, अविजाल विष्ट, विक्रम लुँइटेल र लवदेव ढुङ्गानाले पत्रकारिता क्षेत्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न