Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश

2023 Jun 7 5:41 AM 20

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश
विराटनगर । कोशी प्रदेशसभामा महालेखा परीक्षकको आर्थिक वर्ष २०७८र७९ को पाँचौँ वार्षिक प्रतिवेदन पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सो प्रतिवेदन पेश गरिएको हो । यसैबीच विशेषस समयमा नेकपा ९माओवादी केन्द्र० संसदीय दलको तर्फबाट सदस्य गणेशप्रसाद उप्रेतीले प्रमाणीकरण भएको नागरिकता विधेयकको विषयमा सङ्घीय संसद्मा भइरहेको विरोध राष्ट्रहितमा नरहेको बताउनुभयो । उहाँले नागरिकता विहीन अवस्थामा रहेका शिक्षित युवा बेरोजगार भएको, राहदानी बनाउन नपाई वैदेशिक रोजगारमा जान नपाएको समस्यालाई समाधान गर्न बनेको यो कानुनको विरोध गर्नु उचित नभएका बताउनुभयो । नेकपा एमाले संसदीय दलको तर्फबाट रामप्रसाद मेहताले सुनसरी मोरङ सिँचाइ आयोजनाबाट बाह्रै महिना कृषकको खेतमा पानी पुर्याउन सरकारले योजना बनाउनुपर्ने माग गर्नुभयो । उहाँले अहिले खडेरी र सुक्खाका कारण किसानको खेतमा पानी नपुगिरहेको यस्तो अवस्थामा सुनसरी र मोरङको धेरै नदीको पानी नहरमा खसाल्न सकियो भने कृषकलाई निकै राहत मिल्ने बताउनुभयो । अर्को सूचना जारी नभएसम्मका लागि सदन स्थगित भएको सभामुख बाबुराम गौतमले जानकारी दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?