Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुने

2023 Jun 11 6:15 AM 21

विज्ञापन

Birat Cancer Hospital
कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले कोसी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको तथा कोसी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको भइरहेको विभागले जनाएको छ । आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ.गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघरगर्जन र चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?