Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कला तथा संस्कृति जान्न जरुरी छ, संरक्षणमा पनि जोड दिनुपर्छ : ओली

2023 Jun 11 6:16 PM 23

विज्ञापन

Birat Cancer Hospital
कला तथा संस्कृति जान्न जरुरी छ, संरक्षणमा  पनि जोड दिनुपर्छ : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आइतवार अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
‘हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास भएको देश हो । यी सबै कुरा हाम्रा सम्पदा हुन्’, उहाँले भन्नुभयो, ‘कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ । त्यति शिक्षा पनि लिन सक्दछौँ ।’ अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रर्दशनीले अरुलाई पनि इतिहास बुझ्न सजिलो हुने बताउनुभयो । उहाँले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राख्नुभयो । प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेदेखि सुरु भएको कला प्रदर्शनी बबरमहलस्थित परिषद्मा लोक कला, परम्परागत थान्का पौभा, मूर्तिकला दुई सयभन्दा कलाकार कलाकृति रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो । प्रतिष्ठानले नक्साल प्रतिष्ठानको परिसर र बबरमहलस्थित परिषद्मा भइरहेको कला प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?