Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सहकारीले अभिलेखबाट ऋण चुक्ता नगरिदिँदा ऋण लिनेहरु समस्यामा

2023 Jun 12 1:34 PM 45

विज्ञापन

Birat Cancer Hospital
सहकारीले अभिलेखबाट ऋण चुक्ता नगरिदिँदा ऋण लिनेहरु समस्यामा
काठमाडौं। सहकारीबाट ऋण लिएर साँवा र ब्याजसहित चुक्ता गरिसकेकाको ऋण बाँकी भएको भनी बैंक खाता रोक्का गरिएपछि पीडित हुनेको सङ्ख्या बढ्न थालेको छ । लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था असनबाट विसं २०६८ मा रु १५ लाख ऋण लिनुभएका ईन्द्र श्रेष्ठले केही वर्षमै त्यसको साँवा र ब्याज चुक्ता गरिसक्नुभएको छ । सहकारीका उपाध्यक्ष रामेश्वर श्रेष्ठलाई उहाँले पैसा बुझाउनुभएको थियो । ऋण चुक्ता गरिसकेको पत्र पनि पीडित इन्द्रसँग छ । उहाँको बैंक खाता रोक्का भएपछि अहिले उहाँ सहकारी व्यवस्थापन समितिको कार्यालयमा भौँतारिन बाध्य हुनुभएको छ । ऋणीको ऋणको साँवा र ब्याज दुवै लिएका उपाध्यक्ष श्रेष्ठले कम्प्युटर अभिलेखबाट भने इन्द्रको ऋण चुक्ता नगरिदिँदा यो समस्या आएको हो । सहकारीमा समस्या भई नेपाल सरकारले लुःनिभालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । त्यसपछि यसको व्यवस्थापन सहकारी ऐन २०७४ अनुसार गठन भएको सहकारी व्यवस्थापन समितिको कार्यालयले गर्दै आएको छ । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकाकारीको दस्तावेज समितिले नियन्त्रणमा लिई काम गरेको छ । यसै सिलसिलामा लुःनिभाका ऋणिलाई बाँकी ऋण तिर्न आउन पटक–पटक पत्रपत्रिका, रेडियो, एफएमबाट सूचना प्रकाशन एवं प्रसारण भएको थियो । सूचनाबाट पनि ऋणिले ऋण तिर्न नआएपछि बैंक खाता रोक्का गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । पीडित इन्द्रका तर्फबाट यो मुद्दा हेरिरहनुभएका कानुन व्यवसायी खगेन्द्र बोहरा ऋणको साँवा र ब्याज लिने सहकारीका उपाध्यक्ष श्रेष्ठलाई पटक–पटक समितिको कार्यालयमा बोलाउँदा पनि नआएको बताउनुहुन्छ । यस्तो समस्या भोग्ने इन्द्र एक्लै हुनुहुन्न । स्युचाटारका शशी गौतमले पनि चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट ऋण लिनुभएको थियो । उहाँले पनि यसअघि नै त्यो ऋण तिरिसक्नुभएको छ । उहाँको पनि समितिले बैंक खाता रोक्का गरिदियो । गौतमको भने कम्प्युटर अभिलेखमा पनि ऋण चुक्ता भएको देखिन्छ । उहाँले ऋण लिँदा गरेको कागज नच्यातिएकाले त्यसैका आधारमा बैंक खाता रोक्का गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । पीडितले भने समितिले भएका कागजातका पनि राम्रोसँग अध्ययन नगरी बैंक खाता रोक्का गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारी कार्यालयले राम्रो अध्ययन नगरी बैंक खाता रोक्का गरेकामा श्रेष्ठ र गौतम दुवैले गुनासो गर्नुभयो । सरकारले समस्याग्रस्त घोषणा गरेका स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको बचत फिर्ताका लागि पनि काम गरिरहेको समितिले जनाएको छ । सरकारले समस्याग्रस्त घोषणा गरेकामध्ये ओरेण्टलका सबैभन्दा धेरै पीडित रहेको समितिका कार्यालय प्रमुख पौडेलले बताउनुभयो । कुवेर बचत तथा ऋण सहकारी संस्था र स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेडका बचतकर्ताको रकम फिर्ता गरिसकेको छ । बाँकी १० सहकारीका बचतकर्ताको रकम पनि फिर्ताका लागि काम भइरहेको जनाइएको छ ।सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापनका लागि समितिको गठन भएको हो । समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रही समस्याग्रस्त सहकारी व्यवस्थापनको काम गर्दै आएको छ । समितिले काम सुरु गरेको लामो समयसम्म पनि पीडितका पक्षमा काम नभएको भन्दै आक्रोश समेत व्यक्त हुने गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला