Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एसिया कपकाे मिति र ठाउँ टुङ्गाे लाग्याे, पाकिस्तानमा जम्मा ४ वटा खेल हुने

2023 Jun 15 6:39 PM 22

विज्ञापन

Birat Cancer Hospital
एसिया कपकाे मिति र ठाउँ टुङ्गाे लाग्याे, पाकिस्तानमा जम्मा ४ वटा खेल हुने
काठमाण्डाै – एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएकाे छ । एसिया कप आउँदाे अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार जानकारी दिएकाे छ । एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड माेडलमा हुन लागेकाे हाे । जसअन्तर्गत प्रतियाेगिताका चार खेल पाकिस्तान र बाँकी नाै खेल श्रीलङ्कामा हुनेछ । भारतले पाकिस्तान जान नमानेपछि प्रतियाेगिता दुई ठाउँमा खेलाइने भएकाे हाे । समूह 'ए' मा नेपाल, भारत र पाकिस्तान छन् । यस्तै समूह 'बी' श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालले पाकिस्तानसँगकाे खेल पाकिस्तानमै खेल्नेछ । समूहका शीर्ष २ ले 'सुपर फोर' मा ठाउँ बनाउनेछन् । 'सुपर फोर' बाट शीर्ष २ टाेली फाइनलमा पुग्नेछन् । यसअघि भारत र पाकिस्तानकाे आन्तरिक राजनीतिक विवादका कारण एसिया कप हुने वा नहुनेमा अन्याेल थियाे । यही कारण अहिलेसम्म प्रतियाेगिताकाे ठाउँ र तालिका सार्वजनिक भएकाे थिएन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?