Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

खोटाङका तीन पालिकामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना

2023 Jun 16 6:26 AM 15

विज्ञापन

Birat Cancer Hospital
खोटाङका तीन पालिकामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना
दिक्तेल । खोटाङका तीन स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालन हुने भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र एसियाली विकास बैंक ९एडिबी० को आर्थिक लगानीमा आर्थिक वर्ष २०८०र८१ देखि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी गाउँपालिकामा सञ्चालन हुने भएको हो ।
फलफूल बालीको बगैँचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धि गर्दै मूल्य शृङ्खला प्रवर्द्धनमार्फत ग्रामीण भेगमा बसोबास गर्ने कृषकका लागि रोजगारी सिर्जना गरेर कृषकहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले आयोजना सञ्चालन गर्न लागिएको जनाइएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाअन्तर्गत कागतीबदाम ९एलमोण्ड०, घिउफल ९एभोकाडो०, सुन्तला जातका फलफूल ९कागती, सुन्तला, जुनार आदि०, स्याउ, किबीफल, ओखर, म्याकाडेमियानट्स, चुच्चे ओखर ९पिकानट्स० र तरकारी बाली तथा पोषणयुक्त बालीलाई प्रवर्द्धन गर्ने कार्यक्रम रहेको छ ।
आयोजना सञ्चालन गर्न एउटा क्लस्टर ९भेग० मा २० रोपनी अर्थात एक हेक्टर जमिनमा अनिवार्य खेती गर्नुपर्ने जनाइएको छ । एउटै व्यक्तिको २० रोपनी जग्गा भएमा एउटै व्यक्ति तथा थोरैथोरै जग्गा भएमा बढीमा पाँच जना कृषकलाई समेटेर एउटा क्लस्टर बनाउन सकिने आयोजना प्रमुख एवं कृषि विकास निर्देशनालय विराटनगरका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिनुभएको छ ।
आयोजना सञ्चालनका लागि कृषक तथा कृषक समूहले रु ५० लाखभन्दा बढी लगानी गर्ने प्रस्ताव गरेको खण्डमा ५० प्रतिशत तथा रु ५० लाखभन्दा कम लगानी गर्ने प्रस्ताव गरेको खण्डमा ४० प्रतिशत अनुदान सहायता उपलब्ध गराइने आयोजनाले जनाएको छ । आव २०८०र८१ देखि सुरु हुने पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सात वर्षसम्म सञ्चालन हुने जनाइएको छ ।
आयोजना सञ्चालनका लागि जिल्लाका तीनवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि शाखा प्रमुख र सरोकारवाला निकायलाई बिहीबार कार्यशाला गोष्ठी आयोजना गरेर आयोजनाका बारेमा जानकारी दिइएको छ । गोष्ठीमा सहभागी जनप्रतिनिधिहरूले आयोजना सञ्चालन गर्नुपूर्व जग्गा, माटोको अवस्था, कृषकको मागलगायतका विषयमा विस्तृत अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।
आयोजना सञ्चालन गर्दा रैथाने प्रजातिका फलफूललाई समेटेर सञ्चालन गर्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले सुझाव दिनुभएको छ । “हाम्रो खोटाङको एउटै वडामा करोडौँको लिची उत्पादन हुने गरेको छ । लिची, नास्पाती, अम्बालगायतका रैथाने प्रजातिका फलफूललाई प्रवर्द्धन गर्न सके कृषकले राम्रो आम्दानी लिनसक्थे”, उहाँले भन्नुभयो, “अहिलेसम्म यसप्रति कसैको ध्यान गएको छैन । आगामी दिनमा ती रैथाने प्रजातिका फलफूललाई समेटेर प्रवर्द्धनको कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।”
आयोजना सञ्चालनका लागि स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा प्रत्येक स्थानीय तहमा समन्वय समिति गठन गरिने जनाइएको छ । समन्वय समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कृषि ज्ञान केन्द्रका प्रतिनिधि, आयोजना कार्यान्वयन एकाइका प्रतिनिधि, कृषक सहजकर्ता सदस्य रहनेछन् भने, सम्बन्धित स्थानीय तहका कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था रहेको छ ।
आयोजना सञ्चालनका लागि प्रत्येक स्थानीय तहमा दुई÷दुई जना कर्मचारी खटाइने कृषि आयोजना प्रमुख डाँगीले जानकारी दिनुभयो । स्थानीय तहमा खटिने कर्मचारीले पाउने सेवा तथा सुविधा आयोजनाले उपलब्ध गराउने जनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो