Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विश्वकप क्रिकेट छनोट : नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

2023 Jun 19 12:12 AM 32

विज्ञापन

Birat Cancer Hospital
विश्वकप क्रिकेट छनोट : नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ९१ रनको लक्ष्यलाई जिम्बावेले ४४ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा क्रेग इर्विनले  सर्वाधिक १२१ रनको योगदान  दिए । उनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहेका हुन्  । त्यस्तै, सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १०२ रनमा अविजित रहे । यसैगरी,  जोयलोर्ड गुम्बीले २५ रन बनाए भने  वेस्ली माधिवेरीले ३२ रन बनाए । बलितर्फ नेपालका गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदानन दिए । उनी शतक पूरा गर्नबाट १ रनले चुके । जिम्बावेका वेलिङटन मसाकाट्जाले कुशललाई ९९ रनमा आउट गराए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्काको मद्दतमा ९९ रनको योगदान गरेका हुन् । त्यस्तै, पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको उत्कृष्ट साझेदारी गरे । कुशल र आशिफले ३१ दशमलव ५ ओभरमा १७१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । एकदिवसीय नेपालको खेलमा यो हालसम्मकै उच्च अङ्कको साझेदारी हो । यसअघि गत फेब्रुअरीमा भएको नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । आसिफले ६६ रन बनाए । उनले एक सय बल खेल्दै सात चौकाको मद्दतमा ६६ रन जोडेका हुन् । यसैगरी, कुशल मल्लले ४१ रन जोडे । ४२ बल खेलका उनले तीन छक्का र दुई चौकाको मद्दतमा ४१ रन बनाएका हुन् । आरिफ शेखले १० रन बनाउँदा गुल्सन झाले १३ तथा दीपेन्द्र सिंह ऐरीले ६ रन जोडे । त्यस्तै, करण केसी २ रनमा अविजित रहे । बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै, ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एकरएक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही असार ५ गते अमेरिकासँग खेल्नेछ । एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स ९युएई० र स्कटल्यान्ड छन् । सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न