Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मेयर बालेनले काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्दै

2023 Jun 19 5:47 AM 45

विज्ञापन

Birat Cancer Hospital
मेयर बालेनले काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले अनलाइनखबरसँग जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको छ । यसका लागि नगर प्रहरी आजैदेखि खट्नेछन्,’ सचिवालयले भन्यो । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् । मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए । यसैबीच, चलचित्र संघका पूर्वअध्यक्ष समेत रहेका प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्धारिकाउदय सिनेमाज्बाट चल्दाचल्दैको फिल्म ‘आदिपुरुष’लाई उतारेका छन् । उक्त सिनेमा हल अहिले बन्द गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला