Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

2023 Jun 21 3:34 PM 33

विज्ञापन

Birat Cancer Hospital
ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता भएकाहरुको चाँडो खोजी  गर्न सरकारलाई आग्रह पनि गर्नुभयो ।
सांसद ईश्वरीदेवी न्यौपानेले भन्नुभयो, “अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै थाहा हुन्छ, नागरिकताविहीन नागरिकको रोदन मिश्रित एसएमएसले हाम्रो मोबाइल भरिएको छ, छोरीछोरी नेपाली भएर पनि बैंकमा खाता खोल्नै पाउँदैैनन्, उच्च शिक्षाका लागि विदेश जान सक्दैनन्, कलेज टप भए पनि नागरिकताको प्रमाणपत्र नहुँदा छात्रवृत्ति पाउँदैनन् ।”
सांसद उर्मिला माझीले लमजुङ जिल्लामा दर्जनभन्दा बढी होइड्रोपावर भए पनि दिनमा सयौँ पटक लाइन जाने आउने समस्याका कारण त्यहाँका जनता मर्कामा पर्ने गरेको बताउनुभयो । सांसद एकनाथ ढकालले गोरखा जिल्लामा समग्र पर्यटनको विकासका निम्ति सरकारलाई आग्रह गर्नुभयो । सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको सामाजिक न्यायलाई सुनिश्चित गर्न माग गर्नुभयो । सांसद गणेश पराजुलीले तराई र पहाडका जिल्लामा बाढी, पहिरो र डुबान भइरहेकाले  विपत् व्यवस्थापनका लागि  पूर्वतयारीमा सक्रिय हुन सरकारलाई आगह गर्नुभयो ।
सांसद गीता बस्नेतले यस पटकको बजेटमा अन्य सवारी साधन छुटको विषय आए पनि किसानको उत्पादित वस्तुको ढुवानीको सवालमा कुनै छुटको कुरा आउन नसकेकामा  गुनासो गर्नुभयो । सांसद गोमालाभ सापकोटाले देशैभरि भएको यौन शोषण, महिला हिंसाका घटनालाई सरकारले न्यूनीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद चन्द्रबहादुर विश्वकर्माले सिरहा, बैतडीलगायत जिल्लामा दलित समुदायमाथि जातीय भोदभाव तथा छुवाछूतका घटना हुने गरेको बताउनुभयो । सांसद कुसुमदेवी थापा,  छिरिङ लामा तामाङ, ज्वालाकुमारी साह, छिरिङ डम्डुल लामा ९भोटे०, किरणकुमार शाह, ऐनबहादुर शाही ठकुरी, जुलीकुमारी महतो, गङ्गा कार्की र चन्दा कार्कीले पनि मुलुकका समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न