Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रतिष्ठानलाई पुर्ण विश्व विद्यालय बनाउदा राम्रो तर छाता ऐनमा राख्न हुर्दैन –स्थानीय सरोकारहरु

2023 Jun 23 9:15 PM 16

विज्ञापन

Birat Cancer Hospital
प्रतिष्ठानलाई पुर्ण विश्व विद्यालय बनाउदा राम्रो तर छाता ऐनमा राख्न हुर्दैन –स्थानीय सरोकारहरु
अंकित बिष्ट, काठमाडौ ।  चिकित्सा विश्वविद्यालय वनाउने उद्येश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान All India Institute Of Medical Sciences AIIMS को मोडलमा स्थापना भएको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई पुर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवाहरुले माग गरेका छन् ।
नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एक ठाँउमा राख्ने गरि ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी  छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले बिहिबार काठमाडौमा गरेको अन्तक्रियामा सरोकारवाला तथा प्रतिष्ठानका पुर्व उपकुलपतिहरुले जोड दिएका छन् ।
प्रतिष्ठानको स्थापनानै चिकित्सा विश्वविद्यालय बनाउने उद्येश्यले भएकोले यसलाई छाता ऐन भित्र राख्न नहुने प्रतिष्ठानका पुर्वउपकुलपति तथा काग्रेस नेता प्रा.डा शेखर कोइरालाको भनाई छ ।  ‘प्रतिष्ठानको सुरुवात गर्दा नै यसलाई विश्व विद्यालय बनाउने उद्येश्य  थियो’ प्राडा कोइरलालले भने – ‘प्रतिष्ठान  भारतको एम्स को मोडलमा स्थापना भएको हो , यो अन्य प्रतिष्ठान भन्दा फरक विशिष्ट प्रतिष्ठानभएकाले यसलाई छाता ऐनमा नराखी पुर्ण विश्वविद्यालय बनाउनु पर्छ ।’
 धरान या कोशी प्रदेशको लागी  मात्र नभई देशकै लागी प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउन आवश्यक  रहेको वताउदै कोइरालाले भने – ‘छाता  ऐनमा   वीपी प्रतिष्ठानमा लादा देशलाई नै घाटा हुन्छ  , यसको विशिष्ट पहिचान छ , यो अन्य प्रतिष्ठानभन्दा विलकुलै फरक छ ।’
चिकित्सा शिक्षा आयोेगको दम्भ र घमण्डको कारण अहिले प्रतिष्ठान माथि आक्रमण भएको वताउदै कोइरालाले भने  –‘चिकित्सा शिक्षा आयोेगकआफुलाई सुपेरियर हिरो ठान्छ  , त्यसको कारण यो प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन समस्या भएको हो ।’  प्रतिष्ठानको स्थापना गर्दा पनि  संसदहरुलाई बुझाउन निकै कठिन भएको वताउदै उनले त्यो वेलापनि तत्काल प्रतिनिधीसभारहेका संसदहरु प्रतिष्ठानलाई मेडिकल कलेजको रुपमा मात्र बनाउने पक्षमा रहदा रहदै पनि तत्कालिन प्रधानमन्त्रि स्वं गिरिजा प्रसाद कोइरालाले एम्सको मोडलमा नै यो संस्था बनाउनु पर्ने वताए पछि मात्र प्रतिष्ठान बनेको वताए ।  उनले स्थापनाको प्रसंग कोट्रयाउदै अहिले पनि यसलाई विश्व विद्यालय बनाउन संसदिय समिति र संसदहरुलाई यसका.े महत्वो र प्रतिष्ठानको वारेमा बुझाउन सुझाए । उनले आफु  प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन लागिपर्नै प्रतिबद्धता व्यक्त गरे ।
अध्ययन अनुसन्धान,सेवा समेत अन्तराष्ट्रि स्तरमा खयाति कमाइसकेको अवस्थामा विश्वविद्यालय बनाउनु पर्नैमा तल झारेर  छाता ऐनमा लानु गलत भएको पुर्व उपकुलपति प्राध्यापक डाक्टर लोकविक्रम थापाको भनाई थियो   ।  उनले  नेपालमा भएका अन्य विश्वविद्यालय भन्दा फरक विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउने उद्येश्यले  प्रतिष्ठानको स्थापना गरिएको वताउदै थापाले भने  –  चिकित्सा शिक्षाका उच्च तह सम्मको अध्ययन हुदै आएको प्रतिष्ठानले  नेपालमा कुनै पनि स्वास्थ्य समस्या समाधान गर्न  सामथ्र्य राख्छ ।’
प्रतिष्ठानका स्थापक पुर्व पुर्व निर्देशक मदन उपाध्यायले प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने योजना अनुरुप नै प्रतिष्ठानमा निर्देशक हटाएर उपकुपतिको नेतृत्वमा सञ्चालन सुरु गरेको वताए । उनले सरकारले  ल्याउन लागेको छाता ऐनमा प्रतिष्ठानमा राख्न लागेको सुन्दा आफु अचम्मित भएको र दुख समेत लागेको वताए  ।  नेपालका दल र नेताहहरुको अर्कमण्डयता को कारण  प्रतिष्ठानलाई छाना ऐनमा लगेर आंगिक क्याम्पसको रुपमा पुर्याउन लागिएको हो , उनले भने  प्रतिष्ठानलाई  यो कुनै हालतमा छाता ऐनमा लान दिनु हुदैन , यसलाई भारतको एम्स जस्तै विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउनु पर्छ  । नेपालको एक मात्र  शहर मुखी नभई गाउ मुखि चिकित्सक उत्पादन  गर्ने सेवा दिन स्वास्थ्य संस्था प्रतिष्ठान भएकोले यसलाई जोगाउन सबै एक भए अगाडी वड्नु पर्नेमा जोड दिए ।
काठमाडौ रहेको वरिष्ठ चिकित्सकहरुलाई धरान टाढा भएको ले उनिहरुले  उपत्यकका वाहिर भएको विश्व विद्यालय सो सरहको प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन बाधा पुर्याइरहेको पुर्व मन्त्रि मिन विकले आरोप लगाए । प्रतिष्ठान सग   विश्व विद्यालय बन्न सबै  थोक भएकोले प्रक्रिया पुर्याएर  रचानात्मक दवाव दिदै सबै क्षेत्रवाट एक भएर अगाडी बढ्न आव्हान समेत गरे । कोशी प्रदेशको मात्र नभई देशकै गहना भएको ले प्रतिष्ठानलाई छाता ऐनमा नराखी विश्वविद्यालय बनाउनु पर्ने कोशी प्रदेश संसद मिना श्रेष्ठले  वताइन । प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन कोशी प्रदेश सरकारले पनि सहयोग गर्ने उनको भनाई थियो ।
धरानको भाग्य र भविश्य सग जोडिएको प्रतिष्ठानलाई कुनै पनि हालतमा छाता ऐनमा लान नदिने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति धरानका संयोजकमुक्सामहाङ मेयाङ्वाले वताए ।  धरानको मात्र नभई देशकै गहनाको रुपमा रहेको प्रतिष्ठान दक्षिणा एसियाकै उत्कृष्ट मेडिकल कलेजको बन्यो । देश विदेशमा ख्यातीकमाइ सकेको प्रतिष्ठानलाई अहिले सरकारले प्रतिष्ठानहरुको छाता ऐन बनाएर गाभ्न लागेको भन्दै यसको सर्वत्र विरोध भइहेको छ । प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउनुको साटो राज्यले अस्पतालको रुपमा मात्र खुम्चयाउन खोजेकोले आफुहरु आन्लालित भएको उनको भनाई छ । उनले समितिले कुलपति समेत रहेका प्रधानमन्त्रि तथा सह कुलपति रहेका स्वास्थ्य मन्त्रि लाई समेत भेटेर ज्ञापन पत्र बुझाउन जानकारी दिए ।  वार्षिक ५ लाख भन्दा धेरै विरामीको उपचार गर्दै आएको छ प्रतिष्ठानले । अनुसन्धानमा पनि अन्तराष्ट्रिय स्तरमा पनि अब्लब मानिएको प्रतिष्ठानमाथि सन् २०१९ देखीनै राज्यले उपेक्षा गर्दै आएको छ । प्रतिष्ठानले ५ हजार मात्र धेरै विद्यार्थी उत्पादन गरिसकेको छ । प्रतिष्ठानका उत्पादन उहिले विश्वभर पुगेर सेवा गरिरहेका छन् । धरानको विकासमा सधे उपेक्षा गर्दै आएको सरकारलले धरानमा भएको प्रतिष्ठानलाई समेत छाता ऐनमा लगेर अस्पतालको रुपमा मात्र राख्न खोजेको देखिन्छ । प्रतिष्ठानले कोशी प्रदेश ,  मधेस प्रदेश सगै भारतको विहारका विरामीहरुलाई समेत सेवा दिइरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो