Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल नेदरल्यान्ड्ससँग पराजित, सुपर सिक्समा पुग्ने सम्भावना टुंगियो

2023 Jun 24 8:37 PM 15

विज्ञापन

Birat Cancer Hospital
नेपाल नेदरल्यान्ड्ससँग पराजित, सुपर सिक्समा पुग्ने सम्भावना टुंगियो
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा शनिवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्डस्सँग सात विकेटले पराजित भएको हो । जितसँगै नेदरल्यान्डस् भने सुपर सिक्समा प्रवेश गरेको छ । त्यस्तै यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गोसमेत लागेको छ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्यान्डस्, जिम्बावे र वेस्टइन्डिज प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् । नेदरल्यान्डस्को जितमा म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र छ छक्कासहित ९० रन बनाए । त्यस्तै साव डि लिडेले ४१ रन र विक्रमजित सिंहले ३० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई विकेट र गुल्सन झाले एक विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७–२७, भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए । नेदरल्यान्डस्का लागि लागन भान विकले चार विकेट लिए भने विक्रमजित सिंह र बास डि लिडेले समान दुईरदुई विकेट हात पारे । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान एक–एक विकेट लिए । नेपाल यसअघि जिम्बावेसँग आठ विकेट र वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै नेपालले अमेरिकालाई भने ६ विकेटले पराजित गरेको थियो । यसअघि जिम्बावेसँग छ विकेटले पराजित नेदल्यान्डस्ले अमेरिकालाई पाँच विकेटले हराएको थियो । समूह चरणको आफ्नो अन्तिम खेल सोमबार नेदरल्यान्डस्ले वेस्टइन्डिजसँग खेल्नेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो