Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गुरु कुट्ने संस्कृति बढ्यो, संरक्षणमा सरकार लाग्यो : ओली

2023 Jun 29 2:44 PM 24

विज्ञापन

Birat Cancer Hospital
गुरु कुट्ने संस्कृति बढ्यो, संरक्षणमा सरकार लाग्यो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको आरोप लगाएका छन् । काठमाडौँ बिहीवार आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताए । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयतर्फ संकेत गर्दै ओलीले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको बताए । उनले भने, ‘सभ्यताको दियो बाल्ने देश, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’ अध्यक्ष ओलीले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको उल्लेख गर्दै यसबाट जोगिनुपर्ने बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?